Logo

२०८३, श्रावण ३०गते


images
images

विचार

त्यो साउने सक्रान्ति, यो साउने सक्रान्ति

त्यो साउने सक्रान्ति, यो साउने सक्रान्ति

images
  • त्यो साउने सक्रान्ति, यो साउने सक्रान्ति
    images
    images

    हाम्रो बाल्यकालको साउने सक्रान्ति, केवल पात्रोमा आउने मितिको चाड मात्र थिएन । त्यो एउटा विशेष अनुभूति थियो—सम्बन्ध, संस्कार, प्रकृति र परम्पराको समिश्रण । अहिलेको आधुनिकताले पुराना चाडका स्वाद हराउँदै गएको छ, तर हामीलाई अझै पनि ती पुराना दिनको सम्झनाले रोमाञ्चित बनाउँछ ।

    images
    images
    images

    त्यो दिन बिहानैदेखि हामी गाईगोठालोहरू जङ्गलतिर लाग्थ्यौं—कुरिलो, सरेतो, भलायो वन बेसार  साथै विभिन्न जातका काँडा, अमिलो र जंगलका झारजङ्गल एउटा घासको मुठा एउटा दाउराको मुठा जे  जति पाइन्थे, संकलन गर्थ्यौं । वर्ष भरी गर्नु पर्ने जे जे कामहरू छन्, ती आज गर्नु पर्छ यदि गरिएन भने ती कामहरु यो वर्ष गर्न मिल्दैन भन्ने चलन थियो । यी सबै चिजहरू साउने सक्रान्तिको साँझमा गरिने विशेष परम्पराको तयारीका लागि हुन्थे । त्यो उत्साह, त्यो हाँसो, अनि साथीहरूसँगको रमाइलो छुट्टै यादगार हुन्थ्यो ।

    images
    images
    images

    जब साँझ पर्थ्यो, गाउँमा अचानक बन्दुकको आवाज गुञ्जिन्थ्यो—सङ्केत हुन्थ्यो, अब "लुतो फाल्ने" बेला भयो । घर–घरमा जातो, ढिकी, सुपा (नाङ्लो) चल्थ्यो, पाथीबाट डालामा अन्न राखिन्थ्यो । यी कामको लागि परिवारका सबै सदस्यहरुले एकआपसमा मिलेर एक अर्कालाई  सघाउँन थाल्थे । घरको मूलीले आगाको अगुल्टो निकालेर त्यसमा धूप राख्थे र "लुतो आयो, लुतो लैजा !" भन्दै चिच्याउँथे । दिउँसो जंगलबाट ल्याएका जडीबुटी, काँडा, अमिलो आदिलाई पनि त्यो अगुल्टोसँगै फालिन्थ्यो ।

    images
    images
    images

    साँझपख गाउँ नै उज्यालो हुन्थ्यो—अगुल्टाका झिलिमिलीले । गाउँभर बन्दुकको आवाज आउथ्यो । ए ! फलना मेरो लुतो लैजा भन्दै चिच्याएको आवाज आउँथ्यो । मानौ, कुनै किसिमको सामूहिक शुद्धीकरणजस्तो लाग्थ्यो  । त्यो झिलिमिली,  त्यो बन्दुकको आवाज, त्यो लुतो आयो लुतो लैजा भन्ने आवाज र दृश्यले शरीरका मात्र होइन, मनको पनि लुतो फालिएको अनुभूति हुन्थ्यो ।

    साँझपख गाउँ नै उज्यालो हुन्थ्यो—अगुल्टाका झिलिमिलीले । गाउँभर बन्दुकको आवाज आउथ्यो । ए ! फलना मेरो लुतो लैजा भन्दै चिच्याएको आवाज आउँथ्यो । मानौ, कुनै किसिमको सामूहिक शुद्धीकरणजस्तो लाग्थ्यो  । त्यो झिलिमिली,  त्यो बन्दुकको आवाज, त्यो लुतो आयो लुतो लैजा भन्ने आवाज र दृश्यले शरीरका मात्र होइन, मनको पनि लुतो फालिएको अनुभूति हुन्थ्यो । मन मस्तिष्कलाई शान्त र प्रफुल्लीत बनाउथ्यो  । खेतीपातीमा व्यस्त रहनेहुदा न कुनै बोलबम न कुनै तिर्थ हुन्थ्यो । मानिसलाई केवल वर्षभरि खान पुग्ने अन्न कसरी फलाउने,  के-के अनाज रोप्ने,  के कसरी लगाउने आदिमा व्यस्त रहन्थे ।

    त्यसैदिन बिहानैदेखि खसी, बोका काट्ने चलन पनि हुन्थ्यो । विवाह भैसकेका आफ्ना चेलीबेटीहरु, भान्जा भान्जीहरुलाई लिन गएर परिवारका सबै नाताकुटुम्बहरु जम्मा हुन्थे ।  फालिसकेपछि सबैजना भेला भएर मासु र भात खाइन्थ्यो । खासगरी त्यो दिनदेखि अमिलो खान पाइने परम्परा हुन्थ्यो, जुन नियमको जस्तो पालन गरिन्थ्यो । अर्को दिनदेखि गोठालो जादा पनि अमिलो साथमा लगिन्थ्यो, जंगलमै खाइन्थ्यो—प्रकृतिसँगको आत्मीयता झनै बढ्थ्यो ।

     त्यो बेलाको साउने सक्रान्तिले केवल लुतो हैन, नकारात्मकता, रोग, अपशकुन हटाउने भावना बोकेको हुन्थ्यो ।

    त्यो समयको साउने सक्रान्ति आज सम्झँदा केवल चाड मात्र होइन, संस्कार, आत्मीयता, मिलन र बालपनको अमूल्य सन्देश लाग्छ । समयसँगै परिवेश बदलिए पनि ती यादहरू हाम्रा लागि अमिट छन्—हाम्रो संस्कृतिको गहना हुन् ।

    तर समय बद्लिएको छ । आजभोलि यी परम्पराहरू निकै परिवर्तन भइसकेका छन् । पहिले कहिल्यै नसुनेको "बोलबम" संस्कृति अब गाउँ–गाउँ छिरेको छ । हाम्रो पुस्ताले बाल्यकालमा त्यो शब्दसम्म पनि सुनेको थिएन । आजकल साउने महिनामा राता पहेला झोला बोकेर बोलबम जाने, नारा लगाउने, विभिन्न धार्मिक रीतिरिवाज भित्र्याउने चलन व्यापक बन्दै गएको छ । यसमा धेरैको भावना जोडिएको होला, तर हामीकहाँ मौलिकरूपमा यस्तो चलन थिएन ।

    तर समय बद्लिएको छ । आजभोलि यी परम्पराहरू निकै परिवर्तन भइसकेका छन् । पहिले कहिल्यै नसुनेको "बोलबम" संस्कृति अब गाउँ–गाउँ छिरेको छ । हाम्रो पुस्ताले बाल्यकालमा त्यो शब्दसम्म पनि सुनेको थिएन । आजकल साउने महिनामा राता पहेला झोला बोकेर बोलबम जाने, नारा लगाउने, विभिन्न धार्मिक रीतिरिवाज भित्र्याउने चलन व्यापक बन्दै गएको छ । यसमा धेरैको भावना जोडिएको होला, तर हामीकहाँ मौलिकरूपमा यस्तो चलन थिएन ।

    यो परिवर्तन केवल धार्मिक अभ्यासको होईन, सांस्कृतिक दिशाको पनि सूचक हो।

    हाम्रा मौलिक संस्कारहरू ओझेलमा पर्दै छन् भने, आयातित र चलनचल्तीका नाममा आएका परम्पराहरू जरा गाड्दैछन् । यो अवस्था धार्मिक आस्थाभन्दा पनि सांस्कृतिक पहिचानमाथिको प्रश्न बन्न थालेको छ । उत्तर–आधुनिकताको लहरले, ग्लोबलाइजेसनको प्रभावले गर्दा हाम्रा मौलिक चाडबाडमा नयाँ–नयाँ रूप र अभ्यास घुसिरहेका छन् ।

    यसकारण, आजको पुस्ताले केवल चाड मनाउने होइन, त्यसको जड–मूल बुझ्न जरुरी छ । संस्कृति भनेको केवल पूजापाठ होइन, त्यो हाम्रो पहिचान, हाम्रो जीवनशैली, हाम्रो मूल्यमान्यता हो । परिवर्तनलाई पूर्ण रूपमा नकार्न मिल्दैन, तर परिवर्तन मौलिकता मास्ने होइन, समृद्ध बनाउने हुनुपर्छ ।

    अन्त्यमा, हामीले जोगाएर राख्नुपर्ने कुरा केवल परम्परा होइन, त्यो परम्परामा लुकेको हाम्रो आत्मीयता, प्रकृतिप्रतिको प्रेम, सामूहिकता र संस्कार हो ।
    साउने सक्रान्ति फेरिएको छ, तर हामी फेरिनु हुँदैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साउने सक्रान्ति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।