Logo

२०८३, आश्विन ९गते


images
images

शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयमा अन्तरक्रिया

शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयमा अन्तरक्रिया

images
  • शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयमा अन्तरक्रिया
    images
    images

    माधव ज्ञवाली, गुल्मी । जिल्लाको छत्रकोट  गाउँपालिका ४   स्थित श्रृङ्गा जनता माध्यमिक विद्यालयमा  आज कक्षा १० मा अध्यनरत विद्यार्थी ,विद्यालयका शिक्षक, अभिभावक  र सरोकारवाला  बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सम्पन्न अन्तरक्रियाबाट विभिन्न महत्वपूर्ण निर्णयहरु पारित भएका छन् ।

    images
    images
    images

     
    शिक्षक अभिभावक संघ अध्यक्ष मेघराज पन्थको अध्यक्षता रहेको अन्तरक्रिया  कार्यक्रममा   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमनाथ कंडेलको प्रमुख आतिथ्यता रहेकोे थियो। कार्यक्रममा प्रमुख अतिथी होमनाथ कंडेल ,विद्यालयका प्रधानाध्यापक विकास चन्द्र खरेल, अभिभावक संघ अध्यक्ष मेघराज पन्थ , अभिभावक  लगायतकाले शैक्षिक सुधारको विषयमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

    images
    images
    images

    विद्यार्थीलाई अतिरिक्त  कक्षा सञ्चालन सुरु गर्ने निर्णय पनि आजको अन्तरक्रिया कार्यक्रमबाट गरिएको छ।  कार्यक्रममा भर्खरै सम्पन्न प्रथम त्रैमासिक परिक्षाको नतिजा बिश्लेणण गरिनुको साथै  सुधार गर्नुपर्ने पक्ष माथि पनि छलफल गरिएको छ।

    images
    images
    images

    विश्वभर फैलिएको कोरोना भाइरसको कारण शैक्षिक क्षेत्र तहसनहस बनिरहेको अवस्थामा अझैपनी पठनपाठन सामान्य तरिकाले अघि बढ्न सकिरहेको छैन । वि.स २०७६ साल चैत्र ११ गतेदेखि देशभरका विद्यालय देखि विश्वविद्यालय तहसम्मका शैक्षिक गतिविधि निरन्तर अबरुद्ध बनिरहेका छन् । "कोरोना भाइरस संक्रमणका कारण अबरुद्ध बनिरहेको शैक्षिक क्रियाकलापलाई केही समय अनलाइन माध्यमबाट संचालन गर्यौँ,तर अपेक्षाकृत रुपमा अनलाइन क्लास प्रभावकारी हुन सकेन।"बिद्यालयका प्र.अ विकास चन्द्र खरेलले कार्यक्रममा बोल्दै भन्नुभयो । उहाँले कसैलाई मोबाइल त कसैलाई नेटको समस्याका कारण सबै विद्यार्थीहरु अनलाइन क्लासमा सहभागी हुन नसकेकोले अनलाइन क्लास सोचेजस्तो प्रभावकारी हुन नसकेको बताउनुभयो । यसैकारण पनि अहिलेको प्रथम त्रैमासिक परिक्षामा विद्यार्थीको नतिजा गत बर्षहरुको तुलनामा केही कमजोर देखिएको बताउनुभयो । उहाँले अब परिस्थिति केही सामान्य हुँदै गइरहेको हुनाले शिक्षक,विद्यार्थी ,अभिभावक र सरोकारवालाहरुको प्रयासबाट पहिलेको भन्दा राम्रो नतिजा ल्याउन केही कठिन नहुने बताउनुभयो । "यसको लागि सर्वप्रथम विद्यार्थीमा आफुले पढ्नुपर्छ भन्ने भावना हुनुपर्ने र अभिभावकले पनि सोही किसिमको वातावरण सिर्जना गरिदिनुपर्छ। "उहाले भन्नुभयो।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं विद्यालय ब्यवस्थापन समिती अध्यक्ष होमनाथ कंडेलले कुनै एक पक्षको प्रयासबाट मात्र विद्यालयको शैक्षिक गुणस्तरमा परिवर्तन आउन नसक्ने बताउँदै विद्यार्थी , शिक्षक,अभिभावक  र सरोकारवाला सबैको महत्वपूर्ण भुमिका रहने बताउनुभयो ।

    कार्यक्रममा विद्यालयमा कार्यरत शिक्षक,विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी ,अभिभावक संघका पदाधिकारी ,सरोकारवाला लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन शिक्षक रमेश पन्थले गर्नुभएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।