Logo

२०८३, श्रावण ३०गते


images
images

प्रचण्ड-विप्लवबिच भेटबार्ता, सहकार्य हुँदै पार्टी एकतासम्म पुग्ने 'भ्रद्र' सहमति

प्रचण्ड-विप्लवबिच भेटबार्ता, सहकार्य हुँदै पार्टी एकतासम्म पुग्ने 'भ्रद्र' सहमति

images
  • प्रचण्ड-विप्लवबिच भेटबार्ता, सहकार्य हुँदै पार्टी एकतासम्म पुग्ने 'भ्रद्र' सहमति
    images
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टिका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'  बीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । छलफलमा प्रचण्ड र विप्लवविच दुई दल विच  सहकार्यहुँदै पार्टी एकता गर्ने सम्मको 'भद्र' सहमति भएको जनाईएको छ ।

    images
    images
    images

    नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराको पहलमा भएको भेटघाटमा दुई नेता विच बिभाजित माओवादी आन्दोलनलाई एकीकृत गर्ने विषयमा छलफल भएको  माओवादी स्रोत जनाएको छ ।

    images
    images
    images


    पछिल्लो समय माओवादी नेता महराले प्रचण्ड र विप्लवलाई एक ठाउँमा ल्याउने प्रयत्न गर्दै आएका थिए । 

    images
    images
    images


    महरा निकट स्रोतका अनुसार दुई पार्टी विच एकता भए विप्लवलाई एकीकृत पार्टीको महासचिव सम्मको जिम्मेवारी दिन सकिनेसम्मको सहमति भएको बुझिएको छ ।


    छलफलमा विप्लवले नेकपा र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने र नेकपाले अघि सारेको प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादका विषय उठान गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।