बुटवल । नेकपा (माओवादी केन्द्र) रुपन्देहीले जिल्लाका ११७ वटा वडामा एकैसाथ वडा सम्मेलन सम्पन्न गरेको छ । पार्टीको केन्द्रीय निर्देशन अनुसार जिल्लाका १५५ वडा मध्य ११७ वडामा एकैसाथ सम्मेलन सम्पन्न गरिएको पार्टीका जिल्ला संयोजक निर्मल जीसीले बताए ।
सम्मेलन सम्पन्न भएका सम्पुर्ण वडाहरूमा सर्वसम्मत नेतृत्व चयन भएको संयोजक जीसीले बताएका छन् । "पार्टी बिधान र केन्द्रको निर्देशन बमोजिम ऎतिहासिक रुपमा वडा सम्मेलनहरू सम्पन्न भएका छन् र यसले पार्टीमा नयाँ उत्साह पैदा गरेको छ" - सेतोमसीसंग कुरा गर्दै संयोजक जिसीले भने ।
विविध कारणवस सम्मेलन हुन नसकेका वडामा केही दिनमै वडा सम्मेलन सम्पन्न गर्ने सो पार्टीले जनाएको छ ।
सम्मेलनको क्रममा जेष्ठ नागरिक तथा पार्टीमा योगदान दिनेहरूलाई सम्मान समेत गरिएको थियो ।

वडा सम्मेलन हुने स्थान वरिपरि राताझण्डा फर्फराईरहदा र जनवादी गीत घन्कीरहँदा जनयुद्धकालको झझल्को आएको सम्मेलनमा सहभागी देवदहका रमेश सुनारले बताए ।
सम्मेलनमा सहभागी माओवादी कार्यकर्ताहरू उत्साहित देखिन्थे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology