Logo

२०८३, श्रावण ३०गते


images
images

कविता

पुष्पलालका सपना

पुष्पलालका सपना

images
  • पुष्पलालका सपना
    images
    images

    हे ! पुष्पलाल, तिमीले देखाको थियौ सपना 
    गरिबको शासन, जनताको अपनत्वको चिना ।।
    समाजवाद हुँदै साम्यवाद पुग्ने बाटो
    तर आज ती बाटा छन् घुम्ती, छ दुष्कर्मको पाटो ।।

    images
    images
    images

    तिमीले लेखेका अक्षरहरू छन् भित्तामा टाँसिएका
    तर तिनै अक्षरबाट नेता छन् महलमा ठाटिएका ।।
    श्रमिकको नाममा खुट्टा माथि राखे सिंहासन
    जनताको नाममा बेचिए गौरव र संविधान ।।

    images
    images
    images

    तिमी त हिँड्यौ पैताला फाटे पनि बाटो छोडेनौ
    आज तिम्रै नाउँमा गाडी चढ्नेहरू भोगमा खोलेनौ ।।
    शहिदको रगतबाट रङ्गिएको  त्यो रातो झन्डा
    आज सौदाबाजीको चिठ्ठा बन्यो, सत्ताको फन्दा ।।

    images
    images
    images

    भुइँचालो आयो तर  कतै नीति हल्लिएन
    भोकमरी र अनिकाल बढ्यो तर पाप घटिएन ।।
    कम्युनिस्ट नाममा कति महलहरु  ठडिए
     जनता अझै झुपडीमै ऋणमाथि ऋणमा दबिए ।।

    तिमीले चाहेका थियौ शिक्षामा समानता
    स्वास्थ्यमा पहुँच, रोजगारीमा स्थायित्वता ।।
    तर आज यहाँ बेथिति र भ्रष्टाचारकै ताण्डव छ
    जनताको छातिमा दलीय स्वार्थकै घाउ  छ ।।

    तर हे अग्रज, तिमीलाई माया गर्छ यो गरिब
    तिमीले रोपेको बीउ अझै मभित्र छ जीवित ।।
    सम्झना आउँछ, जब सपना फेरि फूल्छ
    गरिबको छातीमा क्रान्तिको आगो झनै बल्छ ।।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।