Logo

२०८३, श्रावण ३०गते


images
images

इजरायलको गाजामा आक्रमण : १७ प्यालेस्टिनीको मृत्यु

इजरायलको गाजामा आक्रमण : १७ प्यालेस्टिनीको मृत्यु

images
  • इजरायलको गाजामा आक्रमण : १७ प्यालेस्टिनीको मृत्यु
    images
    images

    काठमाडौँ । इजरायलको आक्रमणमा गाजामा १७ प्यालेस्टिनीको मृत्यु भएको छ । हमासद्वारा सञ्चालित गाजा सिभिल डिफेन्सका प्रवक्ताका अनुसार बुधवार बिहानदेखि गाजामा इजरायली हवाई आक्रमणमा कम्तिमा १७ प्यालेस्टिनीको मृत्यु भएको हो ।

    images
    images
    images

    मृत्यु हुनेमा चार बालबालिका र एक नवजात शिशु रहेको हमासले बताएको छ । प्रवक्ताले तीन अलग-अलग हवाई आक्रमणमा दुई आवासीय अपार्टमेन्ट र एउटा पाल शिविरलाई लक्षित गरिएको बताए ।

    images
    images
    images

    यी आक्रमणहरूमा मारिएका १७ जनामा एकै परिवारका आठ सदस्यहरू छन् । प्रवक्ताका अनुसार आक्रमणमा अन्य २४ जना घाइते भएका छन् । उनले खोज तथा उद्धार टोलीहरू अझै पनि घटनास्थलमा शवहरू हटाउन र घाइतेहरूलाई सहयोग गर्नमा संलग्न छन् ।

    images
    images
    images

    इजरायली सेनाले यी घटनाहरूमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इजरायल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।