Logo

२०८३, श्रावण ३०गते


images
images

स्वास्थ्य

चिकित्सक संघको सरकारलाई चेतावनी : 'सहमति कार्यान्वयन नभए सशक्त आन्दोलन'

चिकित्सक संघको सरकारलाई चेतावनी : 'सहमति कार्यान्वयन नभए सशक्त आन्दोलन'

images
  • चिकित्सक संघको सरकारलाई चेतावनी : 'सहमति कार्यान्वयन नभए सशक्त आन्दोलन'
    images
    images

    काठमाडौँ । नेपाल चिकित्सक संघले सरकारले आफुहरुसँग गरेको उपभोक्ता संरक्षण ऐन संसोधन गर्ने सहमतिको पालना गर्न चासो नदेखाएको बताएको छ ।

    images
    images
    images

    बुधबार संघले प्रेस विज्ञप्ति जारी गर्दै ऐन संशोधन गर्न सुझाव सहितको प्रतिवेदन पेश गर्न गठन भएको कार्यादलले काम अगाडि नबढाएकोप्रति असन्तुष्टि जनाएको हो ।

    images
    images
    images

    संघले भनेको छ- 'संघसँग भएको सहमति अविलम्ब कार्यान्वयनका लागि गम्भीर हुन सम्पूर्ण सरोकारवाला निकायहरूलाई आग्रह गर्दै, हामीलाई पुनः आन्दोलनका लागि बाध्य पार्ने स्थिती सिर्जना गरिएमा अबको आन्दोलनको स्वरुप थप सशक्त हुन्छ ।'

    images
    images
    images

    उपचारमा लापरवाही गरेको भन्दै उपभोक्ता अदालतले ग्रान्डि सिटी, ओम र हिमाल अस्पताल र चिकित्सकलाई क्षतिपुर्ति तिराउने निर्णय गरेपछि चिकित्सकहरू आन्दोलित भएका थिए ।

    दुई दिन आकस्मिक बाहेकका सेवा ठप्प पारेर चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि सरकारले गत असार २४ गते ऐन संशोधनका लागि ३ बुँदे सहमति गरेको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चिकित्सक संघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।