Logo

२०८३, श्रावण ३०गते


images
images

आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

images
  • आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा
    images
    images

    काठमाडौँ । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, अस्पतालमा गरिएको तोडफोड तथा आन्दोलनका क्रममा चिकित्सकमाथि भएको दुर्व्यवहारको कडा शब्दमा भर्त्सना गर्दै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेको छ ।

    images
    images
    images

    संघले साउन ९ गते नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमणको घटनामा संलग्नलाई कानुनअनुसार कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमै प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य, नारायणी शाखाका अध्यक्षसहित चिकित्सकमाथि गालीगलौज र दुर्व्यवहार गरिएको उल्लेख गरिएको छ । संघले उक्त घटनालाई अत्यन्तै गम्भीर भन्दै घोर भर्त्सना गरेको जनाएको छ।

    images
    images
    images

    टाउकोमा गम्भीर चोट लागेर घाइते भएका डा. प्रमोद रामसहित अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई तत्काल पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कडा कारबाही गर्न संघले माग गरेको छ ।

    images
    images
    images

    यस्तै, चिकित्सकको मानमर्दन गर्ने कार्यमा संलग्न रहेको आरोप लगाउँदै पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखमाथि पनि कारबाही गर्न संघले सरकारसँग माग गरेको छ ।

    राज्यबाट चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दमन भएको भन्दै त्यसको विरोधस्वरूप संघले आज मंगलबार देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ ।

    संघले आन्दोलनका थप कार्यक्रम सर्वपक्षीय भेलापछि सार्वजनिक गरिने जनाएको छ। आन्दोलनमा सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, पत्रकार तथा आम नागरिकलाई साथ दिन आग्रह गर्दै यस आन्दोलनका कारण बिरामीलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ ।

    विज्ञप्तिमा बिरामीले भोग्नुपर्ने असुविधाको जिम्मेवारी नेपाल सरकार स्वयंले लिनुपर्ने पनि उल्लेख गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चिकित्सक संघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।