Logo

२०८३, श्रावण २७गते


images
images

लुम्बिनी इन्टिग्रेटेड एकेडेमीमा रक्तदान

लुम्बिनी इन्टिग्रेटेड एकेडेमीमा रक्तदान

images
  • लुम्बिनी इन्टिग्रेटेड एकेडेमीमा रक्तदान
    images
    images

    तिलोत्तमा । लुम्बिनी इन्टिग्रेटेड एकेडेमी र नेपाल नियमित रक्तदाता संघ, रुपन्देहीको आयोजनामा आज लुम्बिनी इन्टिग्रेटेड एकेडेमीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुटवलमा पछिल्लो समय रगत अभाव भइरहेका बेला रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

    images
    images
    images

    कार्यक्रममा बी.ए. एल.एल.बी र बि.एस्सी.फरेष्ट्रीमा अध्ययनरत विद्यार्थी, शिक्षक र कर्मचारीहरुबाट ३१ पिन्ट रगत संकलन भएको एकेडेमीले जनाएको छ ।

    images
    images
    images

    रक्तदान कार्यक्रममा शुभकामना व्यक्त गर्दै तिलोत्तमा नगरपालिका वडा नं ३ का अध्यक्ष कल्याण पौडेलले कलेजले शैक्षिक गतिविधिसँगै सामाजिक हितको कार्यक्रम गरिरहेकोमा प्रशंसा व्यक्त गरे । उनले स्थानीय तहबाट आवश्यक साथ सहयोग हुने समेत बताए । 

    images
    images
    images

    नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अशेष सिलवालले रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरेको कार्यक्रममा बोल्दै एकेडेमीका कोअर्डिनेटर रामचन्द्र श्रेष्ठले कलेज नयाँ इन्टेकको भर्नाको क्रममा रहेको र नयाँ भर्नासँगै रक्तदाता विद्यार्थीको संख्या बढ्दै जाने उल्लेख गरे ।

    लुम्बिनी इन्टिग्रेटेड एकेडेमी लुम्बिनी प्रदेशमा बि.एस्सी.फरेष्ट्री अध्यापन गर्ने एकमात्र कलेज हो । एकेडेमीमा पूर्वाञ्चल विश्वविद्यालयको बी.ए.एल.एल.बी. पनि अध्यापन हुन्छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रक्तदान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।