Logo

२०८३, श्रावण ३०गते


images
images

स्वस्थ जीवन

श्रावण, खानपान र धार्मिकता

श्रावण, खानपान र धार्मिकता

images
  • श्रावण, खानपान र धार्मिकता
    images
    images

    बाह्र महिनाका छ ऋतु मध्ये, वर्षा ऋतुमा पर्ने श्रावण महिना हिन्दु शास्त्र अनुसार भगवान शिवको महिना भनेर चिनिन्छ । वायु पश्चिमबाट पूर्वतिर गएपछि र बादलले ढाकेपछि वर्षा ऋतु आयो भनेर बुझिन्छ । यस ऋतुले पित्त दोषलाई बढाउँछ । जसको फलस्वरूप पाचनशक्ति कमजोर हुन जान्छ । लगातार पानी, हिलो, फोहोर र गर्मीले शरीरमा प्रभाव पारिरहेको हुन्छ । त्यसैले शरीरभित्र वाष्पिकरण भई पित्तथैलीमा असर पुग्छ । यस ऋतुमा निकै सावधानी अपनाएर आहारविहार गर्नाले स्वस्थ जीवन जीउन सकिन्छ ।

    images
    images
    images

    श्रावण महिनामा हल्का र सुपाच्य भोजनहरु सेवन गर्नुपर्दछ । पोषिलो खानेकुरा, आँप, कागती तथा सिजन अनुसार फल्ने ताजा फल र तरकारीहरु बढी उपयोगी मानिन्छ । पाचन प्रणालीमा असर गर्ने खालका खानेकुराहरु यस महिनामा सेवन गर्नु हुँदैन । अर्कोतर्फ यस ऋतुमा पानीमा विभिन्न हानिकारक किटाणु उत्पन्न हुन्छन् । त्यसैले उमालेको सफा पानी पिउने र सफा पानीले नुहाउने गर्नुपर्छ । रोगले आक्रमण गर्ने सम्भावना बढी हुने भएकोले विशेष सावधानी अपनाउनुपर्छ । 

    images
    images
    images

    श्रावण महिनामा व्रत बस्ने र भगवान शिवको आरधना गर्ने पनि गरिन्छ । विभिन्न शास्त्र अनुसार सोमवारको व्रत बस्नाले चन्द्र ग्रहको उर्जा प्राप्त हुन्छ, जसको कारण इच्छा सिद्धि हुने विश्वास गरिन्छ । चन्द्रमाको उर्जामार्फत फोक्सो, दम र मानसिक रोग सम्बन्धी समस्याबाट मुक्ति मिल्छ । अविवाहितहरुले १६ वटा सोमवार शिवको व्रत बसेमा उत्तम वर अथवा बधु प्राप्त हुने पुराणमा उल्लेख छ । दैनिक शिवको नाम मात्र जप्नाले पनि सम्पूर्ण पाप नष्ट हुन्छ भन्ने मान्यता छ । भगवान् शिव भक्तसँग छिट्टै खुसी हुन्छन्, त्यसैले उनको नाम नै आशुतोष हो । उनको कृपा र आशीर्वादले मानिसले जीवनमा सबै सङ्कटबाट मुक्ति पाउँछ र जीवन आनन्दमय हुन्छ भन्ने धार्मिक मान्यता छ ।

    images
    images
    images

    श्रावण महिनालाई राजसी र तामसी भोजन त्याग गर्ने,  सात्विक भोजन ग्रहण गर्ने साथै भगवान् शिवको व्रत पूजा र आराधना गर्ने महिनाको रूपमा मानिन्छ । श्रावण महिनाभर शाकाहारी भोजन ग्रहण गर्नु धार्मिक तथा वैज्ञानिक दुवै हिसाबले उत्तम मानिन्छ । यो  शरीरका लागि महत्वपूर्ण त्याग पनि हो । श्रावणमा शाकाहारी भोजन गर्नाले मानिसको तन र मनलाई शान्त र स्वास्थ्य राख्छ । 

    श्रावण महिनालाई राजसी र तामसी भोजन त्याग गर्ने,  सात्विक भोजन ग्रहण गर्ने साथै भगवान् शिवको व्रत पूजा र आराधना गर्ने महिनाको रूपमा मानिन्छ । श्रावण महिनाभर शाकाहारी भोजन ग्रहण गर्नु धार्मिक तथा वैज्ञानिक दुवै हिसाबले उत्तम मानिन्छ । यो  शरीरका लागि महत्वपूर्ण त्याग पनि हो । श्रावणमा शाकाहारी भोजन गर्नाले मानिसको तन र मनलाई शान्त र स्वास्थ्य राख्छ । 

    शाकाहारी भोजन प्राकृतिक भोजन पनि हो । श्रावणमा शाकाहारी हुने कुरामा सबैको आ(आफ्नो धारणा छ । वर्षात्को मौसम भएका कारण विविध संक्रमणबाट बच्न पनि माछा मासु नखादा शरिरलाई राम्रो हुन्छ । शाकाहारी भोजनमा पर्याप्त मात्रामा फाइबर पाइने हुँदा यसले रोगमुक्त हुन पनि सहयोग गर्छ । वनस्पतीय भोजनमा हाम्रो शरीरलाई चाहिने आवश्यक  पोषकतत्व पर्याप्त हुनेगर्छ । 

    शरीरमा ताजापन र स्फूर्ति ल्याउने सर्वोत्तम भोजन शाकाहारी भोजन हो । शाकाहारी भोजनले मानव जीवनमा सकारात्मक सोच र सरल जीवनशैली जीउने कला पनि सिकाउँछ । त्यसैले तुलनात्मक रुपमा शाकाहारी व्यक्तिको जीवन शैली मांसाहारीको भन्दा धेरै फरक र सकारात्मक हुन्छ । शाकाहारी हुनु प्राणीहरु प्रति दयाशिल हुनुका साथै ठूलो त्याग पनि हो । जो कोहीले सजिलै अपनाउन पनि सक्दैनन् । आफ्नो आत्मबल मजबूत भएको र आफूप्रति पूर्ण विश्वास भएको व्यक्तिले मात्र त्याग गर्न सक्छ ।

    सात्विक भोजनले एक त विविध रोग लाग्नबाट बचाउँछ भने अर्कोतर्फ शरीरको पाचन प्रक्रिया सहज गराउन समेत यसले मद्दत र्पुयाइरहेको हुन्छ । नियमित शाकाहारी भोजन अपनाउनेलाई क्यान्सर र मिर्गौला रोगको खतरा कम हुने कुरा विभिन्न अध्ययनहरुले देखाएका छन् । अहिलेको परिवेशमा नयाँ पुस्ताले समेत यसलाई ग्रहण गर्ने गरेको पाइन्छ । उनीहरुले श्रावण महिनामा माछा, मासु तथा मद्यपान बार्ने गरेको भेटिन्छ । यदि कुनै मानिसले श्रावणमा शाकाहारी भोजन अपनाउँछ भने यो उसको शरीरको लागि ठूलो त्याग हो । जुन धेरै कम व्यक्तिले मात्र अपनाउन सक्छन् । तर सक्दै नसक्ने भने पक्कै हुँदैन । जसका लागि मात्र सङ्गत, समर्पण र माहोल बन्न जरुरी छ । 

    पछिल्ला बर्षहरुमा श्रावण महिनामा शाकाहारी भोजन गर्ने माहोल नै सृजना हुने हुँदा जो कोहीलाई खासै गाह्रो हुँदैन । तर दशैं तिहार र चाडपर्वको माहोलमा भने शाकाहारी हुनका लागि समस्या देखिन्छ । चाडपर्वमा अधिकांश घरका भान्छामा मासु पाकिरहेको हुन्छ । तसर्थ शाकाहारी हुन र उपवास बस्नका लागि कसैको प्रेरणाको पनि जरुरी हुन्छ । जसले मनलाई एकाग्रताका साथ त्यो प्रण गर्दछ, र कसैको प्रेरणामा शाकाहारी हुने अठोठ.ट गर्छ उ वास्तवमै शाकाहारी पनि बन्न सक्छ ।

    भगवान् शिवको महिमा बोकेको श्रावण महिनालाई धेरैले चासोका साथ हेरेका हुन्छन् । भगवान शिवको अर्को नाम सोम पनि हो । तसर्थ श्रावण महिनाको सोमवार निराहार व्रत बस्नेहरू पनि उल्लेख्य हुन्छन् । भोकलाई त्यागेर बस्न सक्नु एक आफ्नो आत्मालाई नियत्रणमा राख्न सक्नु हो । यसले अन्तर आत्मा मात्र होइन भौतिक शरीरलाई पनि आनन्दित र स्वस्थ रहन मद्दत र्पुयाउँछ । 

    लहरे सब्जी श्रावणका लागि उत्तम भोजन मानिन्छ । तर, सागमा कर्कलो बाहेक अरु साग खाँदा भने सतर्कता अपनाउनु पर्ने हुन्छ । किनभने साउनमा हरियोमा आँखाले देख्न नसकिने स–साना किरा फट्याङ्ग्राहरु टाँसिएर रहेका हुन्छन् । यो महिनामा फलमध्ये आँप, कटहर, नासपाती , स्याउ, भुइँकटहर जस्ता फलफूलहरु प्रसस्त पाइने गर्छन् । सिजनल रुपमा पाईने यस्ता फलफूल खाँदा समेत होसियारी अपनाउनुपर्ने हुन्छ । विशेषगरी यो सिजनमा पाईने  आँप र कटहर सङ्गै खानु हुँदैन । जसले फुड प्वाइजन हुने सम्भावना हुन्छ ।
            
    श्रावणमा मात्र होइन, वर्षभरि नै हप्ताको एक दिन उपवास बस्न सके शरीरको सन्तुलन बनिरहन्छ । श्रावणमा सामान्यतया लसुन प्याज बिनाको सात्विक भोजन सेवन गर्नु उत्तम मानिन्छ । सात्विक भोजनमा ताजा, प्राकृतिक र सजिलै पचाउन सकिने भोजन ताजा फलफूल, ताजा तरकारी, उमारेको गेडागुडी, ड्राइ फ्रुट्स, दूध, दही र केही सरल किसिमका मसला प्रयोग गर्न सकिन्छ । माछामासु, लसुन प्याज, तारेको परिकार, प्रशोधित खाद्य पदार्थ, उत्तेजक अमिलो पिरो परिकार, धेरै गुलियो पदार्थ साउन महिनामा बारेको राम्रो मानिन्छ ।  मरमसला राखेको भन्दा सात्विक भोजनले सकारात्मक उर्जा प्रदान गर्छ । जाँड, रक्सीजस्ता मादक पदार्थ तथा राजसिक र तामसिक भोजनले नकारात्मक उर्जा उत्पादन गर्ने हुँदा तामसी भोजन बाट यो महिना टाढा बस्नु उत्तम मानिन्छ ।

    जस्तो अन्न उस्तै मनको स्थिति हुने हुँदा खाना बनाउनु र खानु अघि सोँच विचार गर्नु जरुरी हुन्छ । मनको तृप्ति र जिब्रोको स्वादको लागि भन्दा ताजा, सुपाच्य र हल्का प्रकृतिका परिकार रोज्नुपर्ने हुन्छ । शरीरको प्रकृति विरुद्धका परिकारले स्वयमलाई हानी र्पुयाउँछ र यस्ता खानाले हाम्रो सोच्ने शक्तिमा समेत असर पार्न सक्छ । हाम्रो दैनिक भोजन अनुसार शरीरको निर्माण भएको हुन्छ । मन शुद्ध छैन भने शरीर पनि शुद्ध हुँदैन । नराम्रो भावले खाएको भोजन पनि शुद्ध हुँदैन ।

    हामीले के खान्छौँ मात्र होइन, हामीले के सोच्छौँ भन्ने कुराले पनि ठूलो अर्थ राख्छ । तसर्थ, पनि माछा मासु बेगर खाना नै नखाने मान्छेले पनि यो महिनामा शाकाहारी खाना खाइरहेका हुन्छन् । यो धेरै सकारात्मक पक्ष  हो ।

    साउन महिना वर्षा ऋतुको महिना, प्रकृतिको महिना, प्रकृति उपासनाको महिना हो । प्रकृति आफ्नो रसरागसहित लीला गर्ने वर्षको चौथो महिना साउनले हामीभित्रको प्राकृतिक शक्तिलाई बुझ्ने अवसर पनि प्रदान गरिरहेको हुन्छ । तप, ध्यान र चिन्तनद्वारा साउनमा शिवजीसँग गरिने साक्षात्कारले हामीलाई दिव्य प्रकृति र परम तत्व बुझ्ने अवसर प्रदान गर्छ । 

    साउन महिनाभर महादेवलाई जल चढाउने गरिन्छ । पौराणिक कथानुसार समुद्र मन्थन गर्दा कालकूट विष निस्कियो । त्यसले सारा संसारलाई दग्ध गर्न खोजेपछि शिवले त्यसलाई आफ्नो गलामा स्थापित गरे । यसरी उनको नाम नीलकण्ठ राखियो । विषको जलन रोक्न सारा देवताले गङ्गाजल चढाए । गङ्गाजलले शंकरको जलन शान्त भए जस्तै साउनले अत्यधिक गर्मिका कारण भएको धर्तीको जलनलाई बर्षातको माध्यमबाट शान्त गर्छ । यतिबेला महिला हुन् या पुरूष, दुवै व्रत बस्छन्, उपासना गर्छन् । विशेषगरी, कुमारीहरु शिवजस्तै वर पाइयोस् भन्ने कामना गर्दै व्रत बस्ने गर्छन् ।

    सोमवारको व्रतबारे लोकमा एक कथा प्रचलित छ । कुनै दिन शिव र पार्वती अमरावती नामक सहरको नजिकबाट जाँदै थिए । दुवै आराम गर्न एउटा मन्दिरमा रोकिए र समय बिताउनलाई खेल खेल्न थाले । खेलका क्रममा पार्वतीले पुजारीलाई कसले जित्छ भनेर भविष्यवाणी गर्न आग्रह गरिन् । पुजारी शिवको भक्त थिए । उनले सोँचविचार नगरी आँखा चिम्लिएर शिवले जित्ने ठोकुवा गरे । पछि पार्वतीले खेल जितिन् । उनले पुजारीको लापर्बाहीका निम्ति कोढी हुनु परोस् भन्ने श्राप दिइन् । पूजारीलाई धेरै समयसम्म कोढी भएर बस्नुपर्यो । एकदिन स्वर्गबाट आएका परीहरुले पुजारीलाई सोमवारको व्रत लिने सल्लाह दिए । व्रतपश्चात् उनी पूर्णरुपमा स्वस्थ भए । सो घटनाको चर्चा टाढा–टाढासम्म फैलियो । त्यही दिनदेखि सोमवारको व्रतलाई प्रभावशाली मान्न थालियो । त्यसै कारण यो बेला काँवर यात्रीहरुले बोल बमका नारा घन्काउँदै शिवालयमा जलले अभिषेक गर्छन् ।

    धार्मिकताको हिसावले हेर्दा भगवान भोलेनाथ मात्र एक अम्खोरा जलले पनि प्रसन्न हुन्छन् । त्यसैले पनि साउनमा महादेवको पूजाको दौरान भक्तजनहरुले बेलपत्रसँगै (करविर) कनेरको फूल सहित पूजा अर्चना गर्ने गर्छन् । भनिन्छ, यो फूल शिवको प्रिय फूल हो । यो फूल चढाउनाले पति–पत्नीबीचको सम्बन्ध गाढा हुनाका साथै सन्तान प्राप्तिको आशीर्वाद मिल्छ भन्ने लोकविश्वास छ । यो महिनामा भगवान शिवलाई भाङ पनि चढाइन्छ । पुराणको कथानुसार विष पान गरेपछि उनको डाह शान्त पार्ने जडीबुटीमा भाङ पनि सामेल गरिएको थियो । उनको अर्को प्रिय फूल धतुरोको फूल हो । भक्तहरुले प्रायः यो फूल पनि चढाउँछन् । महादेवलाई अभिषेक गर्दा काँचो दुध पनि चढाइन्छ । यसलाई शुद्ध र पवित्र मानिन्छ । काँचो दुध चढाउनाले भक्तको मनोकामना पूर्ण हुन्छ भन्ने जनविश्वास छ ।

    श्रावणमा धार्मिक आस्थासँग जोडिएका ऋषितर्पणी, गाईजात्रा, हरिशयनी एकादशी आदि पर्वहरु पनि पर्छन् । यो महिना किसानका निम्ति पनि महत्त्वपूर्ण मानिन्छ । यतिखेर बर्सिएको वर्षा बालीनालीका निम्ति अमृतसमान हुन्छ । ग्रीष्मको भीषण तापले सुकेका ताल, तलाउ, पानीका मुहानमा पनि यतिखेर नवजीवन सञ्चार भइरहेको हुन्छ । यी सबैका पछाडि शिरमा गङ्गा बोकेका शिवले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका हुन्छन् भन्ने जनविश्वास छ ।

    वास्तवमा साउन प्रकृति, ईश्वरसँग जोडिने र शिवभक्तिका निम्ति उत्तम महिना हो । शिव हाम्रा आदिदेव हुन् । उनको स्मरणले मात्र पनि हाम्रा दुःखहरु टाढा भाग्छन् । त्यसैले यो महिना शुद्ध हुने मन वचन र कर्मले सकारात्मक कार्यमा जोड दिने, शिवको भक्ती गर्ने, हरियो चुरा पोते हातमा मेहेन्दी लागाउने र शिव स्तुति गर्ने हो भने भगवान शिवको अनुकम्पा प्राप्त हुन्छ भन्ने मान्यता छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।