Logo

२०८३, श्रावण ३०गते


images
images

भारतविरुद्धको चौथो टेस्टको पहिलो इनिङमा इङल्याण्डको ३११ रनको बढ्त

भारतविरुद्धको चौथो टेस्टको पहिलो इनिङमा इङल्याण्डको ३११ रनको बढ्त

images
  • भारतविरुद्धको चौथो टेस्टको पहिलो इनिङमा इङल्याण्डको ३११ रनको बढ्त
    images
    images

    काठमाडौँ । इङल्याण्डले भारतविरुद्धको चौथो टेस्टको पहिलो इनिङमा ३११ रनको बढ्त लिएको छ । इङल्याण्डले पहिलो इनिंगमा ६६९ रन बनाएर अल आउट भएसँगै पहिलो इनिंगमा ३११ रनको अग्रता लिएको हो ।

    images
    images
    images

    इङल्याण्डका लागि जो रुटले १५० रन बनाएका थिए भने कप्तान बेन स्टोक्सले १४१ रन बनाएका थिए । त्यस्तै बेन डकेटले ९४ र ज्याक क्रवलीले ८४ रन बनाए भने ब्राइन कार्सले ४७ रन बनाएका थिए ।

    images
    images
    images

    त्यस्तै भारतीय बलर रविन्द्र जडेजाले ४ विकेट लिएका थिए भने वाशिंटन सुन्दर र जसप्रित बुमराहले २-२ विकेट लिए ।  त्यसैगरी अन्शुल काम्बोज र मोहमद सिराजले एक एक विकेट लिएका थिए ।

    images
    images
    images

    यसअघि भारतले पहिलो इनिंगमा ३५८ रन बनाएको थियो । अब भारतले चौथो टेस्टको बाँकी दिन र पाँचौं दिन यस टेस्टमा हारबाट बच्ने प्रयास गर्ने छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टेस्ट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।