चितवन । चितवनको राप्ती नगरपालिका-१ स्थित लोथर पुल नजिकैबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ६ सय ७१ किलो ६ सय ग्राम सहित भारत बिहार पूर्वी चम्पारण तुर्कालिया घर भएका ३७ वर्षीय सेख सबिलाख्तरलाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको युपि ८२ टि ३९२१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई लुकाई छिपाई राखेको ४३ वटा पोकाबाट उक्त परिमाणको गाँजा फेला पारी चालक सेख सबिलाख्तरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology