Logo

२०८३, आश्विन १०गते


images
images

नेकपा गुल्मीले मनायो ८ औं पाटी पुनर्गठन दिवस

नेकपा गुल्मीले मनायो ८ औं पाटी पुनर्गठन दिवस

images
  • नेकपा गुल्मीले मनायो ८ औं पाटी पुनर्गठन दिवस
    images
    images

     

    images
    images
    images

    गुल्मी :विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटी गुल्मीले बुधबार सदरमुकाम तम्घासमा ८ औं पाटी पुनर्गठन दिवस मनाएको छ ।

    images
    images
    images

    सदरमुकाम तम्घासमा उक्त पाटिले चियापान ,दीप प्रज्वलन तथा शुभकामना आदनप्रदान गरी आठौं पुनर्गठन दिवस मनाएको हो ।
    दीप प्रज्वलन तथा शुभकामना आदनप्रदान कार्यक्रममा अखिल नेपाल किसान महासङघका केन्द्रिय सदस्य प्रकाश पोख्रेल ,युवा सङ्ठनका मिसन पाण्डे , जनपत्रकार सङ्ठन गुल्मीका अध्यक्ष डिबि खड्का ,श्रमिक समुदाय मोर्चाका चन्द्र विक,विद्यार्थी सङ्ठनका राज खड्का , शिभ भुसाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
    शुभकामना मन्तव्य राख्दै अतिथिहरुले पाटिको आगामी कार्यदिशा, पाटिले लिएको एकीकृत जनक्रान्तीको नीति , वैज्ञानिक समाजवादका विषेशताको बारेमा जानकारी गराएका थिए ।

    images
    images
    images

    साथै माओवादी केन्द्र तथा अन्य दल सङ मिलेर चुनावमा जाने भन्ने कुरा हल्ला मात्र भएको भन्दै कार्यकर्तालाई भ्रममा नपर्न पाटिले आग्रह समेत गरेको छ । कसैको पाटिलाई ठुलो बनाउन चुनाबमा नजाने पाटिको स्पष्ट नीति रहेको नेकपाका नेताले बताए ।

    कार्यबाहक जिल्ला सेक्रेटरी भीषणको अध्यक्षयतामा सम्पन्न चियापान तथा दीप प्रज्वलन कार्यक्रममा युवा सङ्ठनका मिसन पाण्डेको स्वागत मतव्य तथा जिल्ला सदय बिनोद बिसिको सञ्चालनमा सम्पन्न भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # बिप्लब
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।