सौराहा । नेकपा एमालेको महाधिवेशनमा आफु निकट नेताहरूलाई नै मिलाउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हम्मेहम्मे परेको छ । माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम जस्ता पार्टीमा लामो योगदान भएका परिपक्क नेतालाई वारम्वार तिरस्कार गर्दै कहिले पुराना नट बोल्ट त कहिले कुहिएका फर्सीको बहिर्गमनले पार्टी एक ढिक्का भएको बताउँदै आएका ओली अन्ततः आफू निकट भनिएकाहरुलाई नै एकढिक्का बनाउन असफल भएका हुन् ।
अध्यक्ष ओलीले पार्टीका पुराना नेता वामदेव गौतमलाई प्रधानमन्त्रीको लोभ देखाएर थमथमाए झै यतिबेला एमालेभित्रका बौद्धिक र जनजाति समुदायमा राम्रो पहुँच भएका नेता सुवास नेम्वाङलाई निर्वाचन पछिको राष्ट्रपति पदको आश्वासन दिएर पार्टी नेतृत्वबाट पन्छ्याउन खोजेका छन् । ओलीले नेम्वाङलाई निर्वाचन पछि राष्ट्रपति बनाइदिने शर्तमा अर्का नेता ईश्वर पोखरेललाई बरिष्ठ उपाध्यक्ष बनाउने प्रस्ताव गरेका हुन् । यद्यपि बौद्धिक नेता नेम्वाङले ओलीको प्रस्ताव अस्विकार गर्दै पार्टीको वरिष्ठ उपाध्यक्ष पदमै अडान लिएका छन् ।
त्यसैगरी अध्यक्ष ओलीले हालकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति बनाउँने प्रस्ताव गरेका छन् । ओलीको प्रस्तावमा शाक्यले मौन समर्थन जनाएको बुझिएको छ ।
पार्टी अध्यक्षमा ओलीसंगै लड्ने नेता भिम रावलको उम्मेदवारी, वरिष्ठ उपाध्यक्षमा रावल समूह कै घनश्याम भुसालले उम्मेदवारी दिने र ओली समूहका नेम्वाङ र पोखरेल वरिष्ठ उपाध्यक्षमै लड्नुले त्यस तलका पदहरूमा लडाइ झनै पेचिलो हुने अनुमान लगाउन सकिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology