माधव ज्ञवाली, गुल्मी । नेकपा माओवादी केन्द्र रुरुक्षेत्र गाउँपालिका गुल्मीको दोस्रो गाउँपालिका सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले युवा नेता यदु ज्ञवालीको अध्यक्षतामा ५५ सदस्यीय माओवादी केन्द्रको नयाँ कमिटी गठन गरेको छ ।
जसको उपाध्यक्षमा हरि ज्ञवाली ,तुल्सा बराल र फर्सु पौडेल रहेका छन् । त्यस्तै सचिवमा नारायण प्रसाद पौडेल, कोषाध्यक्षमा अशोक श्रेष्ठ लगायत अन्य सदस्यहरु रहेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि माओवादी केन्द्र गुल्मी जिल्ला कमिटी अध्यक्ष वीर बहादुर कार्कीले अहिले माओवादीप्रति नागरिकको उत्साह बढेको बताए ।

संघीयता, समावेशिता जस्ता लोकप्रिय एजेण्डा माओवादीले स्थापित गराउन सफल भएकोले माओवादी सबैमाझ लोकप्रिय रहेको समेत उनले दाबी गरे ।
रुरुक्षेत्र गाउँपालिका गुल्मीको सभाहलमा सम्पन्न कार्यक्रममा सहभागीहरुले हल नै खचाखच भरिएको थियो। कसैले त बाहिर झ्यालबाट समेत कार्यक्रमलाई नियालिरहेका थिए।
कार्यक्रममा जनयुद्धको माध्यमबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्न जनमुक्ति सेनाको रुपमा क्रान्ति गर्ने पुर्णकालिन कार्यकतालाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
त्यस्तै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ऐतिहासिक प्रथम स्थानीय तहको निर्वाचनमा जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा न.१ र ५ मा वडा अध्यक्ष पदमा निर्वाचित भइ उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै वडा अध्यक्षहरु रामलाल वि.क(वडा न.१) र हरिप्रसाद ज्ञवाली (वडा न.५) लाई पनि आजैको कार्यक्रममार्फत सम्मान गरिएको छ। यता वडा न.५ को दलित महिला सदस्य पदमा निर्वाचित भई उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै दिलमाया गन्धर्वलाई पनि सम्मान गरिएको छ।
आजैको कार्यक्रममा कविब ४ दर्जनले एमाले परित्याग गरि अबको राजनीतिक यात्राको साथी माओवादीलाई रोजेका छन् । यो भन्दा पहिले एमालेलाई रोजेका ओम बहादुर गन्धर्व र बुद्द बहादुर गन्धर्व सहित ४० भन्दा बढी एमालेबाट माओवादीमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुलाई पानसमा दियो बालेर स्वागत गरिएको थियो भने कार्यक्रम का प्रमुख अतिथि र विषेश अतिथिले अविर लगाएर स्वागत गरेका थिए।
कार्यक्रममा विभिन्न वडाका वडा कमिटी अध्यक्ष , वाइसीएल जिल्ला संयोजक अशोक श्रेष्ठ , भुवन अर्याल , अनेरास्ववियू क्रान्तिकारी जिल्ला उपाध्यक्ष बालेन श्रेष्ठ ,जिल्ला सचिब किसन पाण्डे लगायतको उपस्थिति रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology