गुल्मी । नेकपा माओवादी केन्द्र रेसुङ्गा नगरपालिकाको दोस्रो नगर सम्मेलनबाट महिला नेतृ गिता थापा अध्यक्षमा निर्वाचित भएकी छन् ।सम्मेलनले थापाकाे अध्यक्षतामा ५० सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा सिता बिश्वकर्मा, उपाध्यक्ष ठाकुर प्रसाद पाण्डे, गिरि प्रसाद महाकिम , सचिवमा भरत पन्थी, सह-सचिव गाेपाल मरासिनी र काेषध्यक्षमा खड्क श्रेष्ठ निर्वाचित भएका छन । सम्मेलन माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य सुदर्शन बरालकाे प्रमुख आतिथ्यतामा समपन्न भएकाे थियाे । 
माओवादी केन्द्रले देशैभर २५ मंसिरमा प्रदेश सम्मेलन गर्ने कार्यक्रम तयारि गरेको छ भने पुसमा ११/१३ गते काठमाडौंमा राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology