Logo

२०८३, श्रावण ३०गते


images
images

बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा

images
  • बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा
    images
    images

    हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । पार्टीको आन्तरिक विवादपछि संसदीय दलको नेताको हसियत गुमाएका लामाले एकवर्ष ९ दिन बागमती प्रदेश सरकारको नेतृत्व गरेर आइतवार राजीनामा दिएका हुन् । लामाले २०८१ को साउन ९ गते मुख्यमन्त्रीको शपथ लिएका थिए ।

    images
    images
    images

    शनिवार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेपछि लामा मुख्यमन्त्री छोड्न तयार भएका हुन् । देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा लामाले नियुक्त गरेका तीन मन्त्रीलाई निरन्तरता दिने सहमति भएको छ ।

    images
    images
    images

    लामाले दलको नेतामा पराजित भएपछि गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए । तर प्रदेश प्रमुख विरामी भएको भन्दै तोकिएको शपथको कार्यक्रम स्थगित भएको थियो । 

    images
    images
    images

    अर्कोतर्फ संसदीय दलको नेतामा इन्द्र बहादुर बानियाँसँग पराजित भएपछि लामाले मुख्यमन्त्रीबाट राजीनामा दिने आवश्यक नभएको जिकिर गर्दै आएका थिए । उनले गठबन्धन सरकारको मुख्यमन्त्री बन्न संसदीय दलको नेता हुन आवश्यक नरहेको तर्क गर्दै राजीनामा नदिने अडान लिएका थिए ।

    अब कांग्रेस प्रदेश सभापति एवं संसदीय दलका नेता बानियाँ बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने तयारीमा रहेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बागमती
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।