Logo

२०८३, श्रावण ३०गते


images
images

राजीनामा

बागमतीका सभामुख पाठकको पदबाट राजीनामा

बागमतीका सभामुख पाठकको पदबाट राजीनामा

images
  • बागमतीका सभामुख पाठकको पदबाट राजीनामा
    images
    images

    काठमाडौँ । बागमती प्रदेश सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन्  ।  उनले बुधवार उपसभामुखलाई संविधान र प्रदेश सभा नियमावली, २०७४ अनुसार औपचारिक राजीनामा पत्र बुझाएका हुन् ।

    images
    images
    images

    यसअघि भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका भए पनि आधिकारिक पत्र पेश गरेका थिएनन् ।

    images
    images
    images

    उनको राजीनामा पत्र प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेश सभा सचिवालयमा पनि पठाइएको छ । यससँगै बागमती प्रदेश सभाको सभामुख पद खाली भएको छ र नयाँ सभामुख चयन प्रक्रिया अघि बढ्नेछ ।

    images
    images
    images

    पाठकले राजीनामा पत्रमा जेनजी आन्दोलनका क्रममा भ्रष्टाचारविरुद्धको प्रदर्शनमा अस्वाभाविक बल प्रयोग हुँदा राष्ट्रवादी युवाको ज्यान गएको घटनाले उनलाई गहिरो भावनात्मक आघात पुर्‍याएको उल्लेख गरेका छन् ।

    जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा रहन उचित नहुने निर्णय गर्दै उनले राजीनामा दिएका हुन् । पाठकले २८ पुस २०७९ मा भएको सभामुख निर्वाचनमा ६२ मत प्राप्त गर्दै पद हासिल गरेका थिए । राप्रपाका उनलाई नेकपा एमाले र माओवादी केन्द्रले समर्थन गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बागमती
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।