Logo

२०८३, श्रावण ३०गते


images
images

बागमती प्रदेशमा को को बने मन्त्री ?

बागमती प्रदेशमा को को बने मन्त्री ?

images
  • बागमती प्रदेशमा को को बने मन्त्री ?
    images
    images

    काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शपथ लिएका छन् । बानियाँलाई प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

    images
    images
    images

    मुख्यमन्त्री बानियाँसँगै ८ मन्त्रीले पनि पद तथा गोपनियताको शपथ लिएका छन् ।

    images
    images
    images

    नेपाली कांग्रेसबाट दुई मन्त्रीले शपथ लिएका छन् भने एमालेका ६ जनाले मन्त्री पदको शपथ लिएका छन् ।  

    images
    images
    images

    नेपाली कांग्रेसबाट शिवराज अधिकारी मन्त्री बनेका छन् र उनको जिम्मेवारी तोकिएको छैन भने कृष्ण कुमार तामाङलाई खानेपानी, उर्जा तथा सिचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।     

    एमालेले आफ्नो भागमा परेका ६ जना मन्त्री मधे ५ जना नयाँ अनुहार छानेको छ भने एक जनालाई दोहोराएको छ । दोहोरिनेमा स्वास्थ्यमन्त्री किरण थापा रहेका छन् । त्यस्तै मधुसुधन पौडेलले कृषि मन्त्रालय, भरत बहादुर केसीले वन मन्त्रालय, जयराम थापाले श्रम, रोजगार तथा यातायात मन्त्रालय, बिन्दु श्रेष्ठले उद्योग मन्त्रालय र डा. दिनेशचन्द्र देवकोटाले  भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    bagmati_11754394111.jpg

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बागमती
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।