Logo

२०८३, श्रावण ३०गते


images
images

एमाले महाधिवेशन : सर्वसम्मत नेतृत्वको चयनको प्रयासमा ओली, रावलको अडान कायमै

एमाले महाधिवेशन : सर्वसम्मत नेतृत्वको चयनको प्रयासमा ओली, रावलको अडान कायमै

images
  • एमाले महाधिवेशन : सर्वसम्मत नेतृत्वको चयनको प्रयासमा ओली, रावलको अडान कायमै
    images
    images

    काठमाडौँ ।  नेकपा एमालेको जारी १०औं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिने आकांक्षीहरुको डेलिगेसन सकिएसँगै अध्यक्ष केपी शर्मा ओली समुहगत छलफल गरेका छन् । सर्वसम्मत नेतृत्व चयनको लागि सबै नेतासंग अध्यक्षले छलफल गरेको एमालेले जनाएको छ ।

    images
    images
    images

     

    images
    images
    images

    छलफल कै क्रममा अध्यक्ष ओलीले अध्यक्ष पदका आकांक्षी भिम रावलसंग पनि छलफल गरेका छन् ।नेकपा एमालेको जारी १०औं महाधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयनको प्रयास गरिरहँदा नेता भीम रावलले एक्लै भएपनि अध्यक्षको उम्मेदवारी दिने अडान राख्दै आएका छन् ।

    images
    images
    images


    आइतबार बन्दसत्र सुरु हुनुअघि नै उनका समर्थक प्रतिनिधिहरूले भीम रावलको पक्षमा भोट अपिल गर्दै पर्चासमेत बाँडिसकेका छन् ।


    ओली समूहभित्र शीर्ष नेताहरूबीच वरिष्ठ उपाध्यक्ष, महासचिव लगायत पदमा आकांक्षा धेरै हुँदा कुरा नमिलेपछि बन्दसत्र सुरु हुन सकेको छैन ।


    आइतबार मध्याह्न १२ बजेतिर नेता लेखराज भट्टसहित पूर्वमाओवादीको टोली अध्यक्ष ओलीसँग छलफल गरेर बाहिरिएको छ । बन्दसत्र सुरु हुनुअघि नै उनीहरूले आफ्नो पक्षका माग लिएर छलफलका लागि गएका हुन् ।


    अध्यक्ष ओली र प्रदेशहरुका नेताबीचको छलफल सकिएको छ । केहीबेर अघि मात्रै सुदूरपश्चिम र प्रदेश २ का नेताहरु छलफलबाट बाहिरिएका छन् ।


    केहीबेर अघि अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको थियो ।

    त्यसभन्दा अघि ओली निकट नेताहरूले पनि ओलीसँग आइतबार बिहानै छलफल गरिसकेका थिए । विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल लगायत नेताहरूले ओलीसँग भेटेर आफ्नो अडान राख्दै आएका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।