Logo

२०८३, आश्विन १०गते


images
images

मृगौला पिडीत अभिभावकलाई रेन्बाे स्कुलका शिक्षक र विद्यार्थीकाे सहयाेग

मृगौला पिडीत अभिभावकलाई रेन्बाे स्कुलका शिक्षक र विद्यार्थीकाे सहयाेग

images
  • सेतोमसी सहकर्मी
  • मृगौला पिडीत अभिभावकलाई रेन्बाे स्कुलका शिक्षक र विद्यार्थीकाे सहयाेग
    images
    images

    कृष्ण अन्जान, रुरु । मानिसका लागि जीवन सपना हाे, सपना हरु उनिन्छन बुनिन्छन जाेडिन्छन र ताेडिन्छन ।अाफुले देखेका सबै सपना पूरा कहाँ हुन्छन र तैपनि मानिस सपना देख्न भने छाड्दैन ।
        

    images
    images
    images


    रुरुक्षेत्र ३ थानपतिका कमल साेमै यतिबेला जिउने सपना देख्दैछन ।दुवै मृगौला फेल भएपछि जीवन जीउन खाेजि रहेका कमलका लागि कसैकाे सहयाेग जीउने सपना हाे ।

    images
    images
    images

        

    images
    images
    images

    मृगौला फेल भएपछि महँगाे डाईलाेसिस गराई रहेका ३२ वर्षे युवा कमल साेमैका लागि यतिबेला बाँच्नु ठुलाे कुरा भएकाे छ ।
         
        

    कमल साेमैले सजिलाेमा कति धेरैलाई सहयाेग गरे हाेलान तर यतिवेला उनी अप्ठ्याराेमा छन र सहयाेगकाे अाशा गरिरहेका छन ।
        
        
    जीवनकाे अाराेह  अवराेहमा अाईपर्ने दुखमा सबैकाे साथ चाहिन्छ । 
     
      
        
    काेहिनुर साेमैका बाबा कमल साेमै बिरामी भएकाे खबरले विध्यालय का सर हरुलाई त प्रभाव पार्याे नै याे खबरले अाफ्नै सहपाठी काेहिनुर साेमैकाे बाबा काे पिडामा थाेरै पीडा बाँढ्ने मन रेन्बाे ईँगलिश बाेर्डिँग स्कुलका सा साना नानि हरुलाई पनि भयाे ।
        
        
    शिक्षकहरुबाट सँकलित १३ हजार पाँचसय र विध्यालयका विध्यार्थी हरुबाट सँकलित ३६ हजार ७ सय सहित ५०हजार दुई सयकाे राशि सहित विध्यालय व्यवस्थापन समितिका अध्यक्ष ईम बहादुर खत्रि र प्रिन्सिपल याेजन खत्रि ले काेहिनुर साेमैका हजुर बाबा दलविर साेमैलाई  कमल साेमैका लागि विध्यालयमा एक कार्यक्रम मा रकम हस्तान्तरण गर्दै सिध्र स्वास्थ लाभकाे कामना गर्दा दुवै तर्फ अाँखा रसाए ।
        

    सहयाेग हस्तान्तरण कार्यक्रममा विध्यालय व्यवस्थापन समितिका अध्यक्ष ईम बहादुर खत्रिले काेहिनुर साेमैलाई दस कक्षा सम्म निशुल्क पढाउने घाेषणा गरे ।
        
        
    २०४९ साल पौषमा रुरुक्षेत्र गाउँ पालिकाकाे दाेस्राे ठुलाे बजार बलेटक्सारमा स्थापना भएकाे रेन्बाे ईँगलिश बाेर्डिँग स्कुल शैक्षिक गुणस्तर कायम गर्ने कुरामा अव्वल त छ नै सामाजिक उत्तरदायित्व मा पनि उत्तिकै जिम्मेवार छ ।
        
       
    सामाजिक सचेतना सँगै बाताबरण सँरक्षणमा समेत अाफुलाई कृयाशिल बनाएकाे याे विध्यालयले २०७४ सालमा पनि विध्यालयका विध्यार्थी लाई मृगौलाकाे समस्या देखिए पछि १ लाख पचास हजार रकम सँकलन गरि हस्तान्तरण गरेकाे स्कुलका प्रिन्सिपल याेजन खत्रिले बताए ।
        
        
    हामी गुणस्तरीय शिक्षा सँगै सामाजिक उत्तर दायित्व वहन गर्न जतिवेला पनि तयार छौँ काेहिनुर कमल साेमैकि मात्र छाेरी हाेईनन हाम्रो विध्यालयकी छाेरी हुन र उनका बाबा हाम्रो विध्यालय परिवारका सदस्य हुन त्यसैले पनि सहयाेग गर्नु हाम्रो कर्तव्य हाे प्रिन्सिपल याेजन खत्रिले भने ।
        
         
    करिव ६ सय विध्यार्थीकाे अभिभाकत्व ग्रहण गर्दै बलेटक्सार जस्ताे ग्रामीण बजारमा सन्चालित याे स्कुलले २७ जनालाई राेजगारी दिँदै विध्यार्थी हरुलाई सामाजिक उत्तरदायित्व र असल सँस्कारकाे पाठ पढाइ रहेकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।