Logo

२०८३, श्रावण ३०गते


images
images

सुन्दर छ पश्चिम नवलपरासी : यी हुन् - घुम्नै पर्ने १० ठाउँ, जाने हैन त घुम्न ?

सुन्दर छ पश्चिम नवलपरासी : यी हुन् - घुम्नै पर्ने १० ठाउँ, जाने हैन त घुम्न ?

images
  • सुन्दर छ पश्चिम नवलपरासी : यी हुन् - घुम्नै पर्ने १० ठाउँ, जाने हैन त घुम्न ?
    images
    images

    रेशम अधिकारी, नवलपरासी  ।  चाडपर्व सकिएसँगै  सुरु हुन्छ - चिसो  मौसम ।  जाडो महिना घुमघामको सिजन भन्दा पनि हुन्छ । यो समयमा बिभिन्न स्कुल, कलेज, गाउँ शहरमा समुह बनाइ वा परिवारिक घुमफिर गर्ने प्रचलन बढ्दो छ ।  अझ बनभोजको लागि त यो मौसम निर्विकल्प नै हो ।  पछिल्ला वर्षहरूमा नेपालीहरू पनि विभिन्न योजना बनाएर विभिन्न ठाउँ घुम्ने क्रम बढेको छ । जसका कारण कोभिडले थलिएको पर्यटक उद्योगले राहत महसुस गर्दैछ ।

    images
    images
    images

     

    images
    images
    images

    नेपालको लुम्बिनी प्रदेश अन्तर्गत पर्ने  १२ वटा जिल्ला मध्येको एक जिल्ला नवलपरासी बर्दघाट सुस्ता पश्चिम हो । नेपालको संविधान (२०७२) मा साविकको नवलपरासी जिल्लालाई नवलपरासी बर्दघाट सुस्ता पश्चिम र नवलपरासी बर्दघाट सुस्ता पूर्व) नामाकरण भै छुट्टा छुट्टै जिल्लाको रुपमा अनुसूचीमा उल्लेख भए बमोजिम  २०७४ देखि जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिम को नामबाट कार्यालय सञ्चालनमा  आएको छ ।  करिब ६३४.८८  वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यस जिल्लाको पूर्वमा नवलपुर , पश्चिममा रूपन्देही, उत्तरमा पाल्पा र तनहुँ जिल्ला र दक्षिणमा मित्रराष्ट्र भारतको उत्तर प्रदेश र विहार प्रान्त पर्दछन् ।

    images
    images
    images

    आज हामी पश्चिम नवलपरासीका सुन्दर, ऐतिहासिक र रमणीय पर्यटकीय गन्तव्यबारे तपाईंलाई जानकारी दिँदैछौँ ।

     

    ऐतिहासिक देवदह ताल

    1636976072-zstGU (1).jpg

    नवलपरासीका पर्यटकीय स्थलमध्य सुनवल नगरपालिका ७, तर्गौलीस्थित देवदह ताल घुम्नै पर्ने स्थान हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवल नगरपालिकाको ज्यामिरेबाट चार किलोमिटर दक्षिण तर्गौलीमा रहेको यो ताल क्षेत्रमा ऐतिहासिक साम्यमाई मन्दिर, बौद्ध गुम्बा सहितको हरियाली र रमणीय वातावरण रहेको छ ।  कोलीय गण राज्यभित्र पर्ने देवदह ताल तरगौलीमा गौतमबुद्धकी आमा मायादेवीले स्नान गरेको तथा सो क्षेत्रमा मायादेवीकी माइली बैनी साम्यमाईको परिवार बसोवास गर्ने सुन्दर राजमहल रहेको 'बुद्धस्य जीवनमा वृत्तान्त' नामक ग्रन्थमा उल्लेख भएको पाइन्छ ।

     

    २५१० वर्ष पहिलाको बुद्धस्य जीवन वृत्तान्त नामक ग्रन्थमा उल्लेख भएअनुसार बुद्धको विवाहपश्चात् श्रीमती भागेर माइत गएपछि खोजीका लागि बुद्ध मावली आउँदा आफ्नो श्रीमतीलाई नभेटेपछि विरक्तिएर सिकार खेल्न कमल पोखरी अर्थात देवदह ताल तरगौलीमा आइपुगे । आफ्नो साथमा भएको धनुवाणले चारो लिन आएको राजहंसलाई मार्न खोज्दा राजहंसले प्रार्थना गरी मलाई मात्र होइन मेरा छोराछोरीहरूलाई सबैलाई मार भनेपछि बुद्धको ज्ञान खुल्यो र महात्मा बन्न प्रेरणा पुग्यो ।

    उनको साथमा रहेका हतियारहरू सोही ठाउँमा फ्याके र तालको पूर्वपट्टिको पकडी रूखमुनि सात दिनसम्म तपस्या गरेका हुन् भन्ने किम्बदन्ती पाइन्छ । गौतमबुद्धका आमाहरु तीन बहिनी रहेको र मायादेवीकी माहिली बहिनी साम्यमाई यसै तरगौली गाउँमा बसोवास गरेको हुदाँ उनलाई साम्यमाई भनिएको हो । शास्त्रका अनुसार यस ऐतिहासिक साम्यमाई मन्दिरको चारै तिर महलहरु थिए ।

     

    बैरागनाथ मन्दिर

    received_835710467025313.jpeg

     ऐतिहासिक पृष्ठभूमि र  पुरानो शिव लिङ्ग समेत रहेको यो मन्दिर सुनवल नगरपालिका पूर्व पश्चिम राजमार्गको ज्यामिरे चोकबाट बौद्धमार्ग हुँदै करिब ७ कि.मि. दक्षिणतर्फ रहेको छ ।

    पहिले  माटो र टुक्रा ईटाले बनेको पुरानो (जिर्ण) मन्दिरको ठाउँमा हाल सुनवल नगरपालिकाको सहयोगमा बनेको विशाल एवं काष्ठकलाको समायोजन रहेको मन्दिर समेत देख्न सकिन्छ । धेरै वर्ष पहिले उत्तर तर्फका सेन राज्य मध्येका  एक राजा बैरागिएर सो स्थानमा आई पुजा- आजा गरि भगवानमा समर्पित हुदा सन्तोष प्राप्त गरेकाले उक्त  मन्दिरको नाम बैरागनाथ रहेको स्थानीय बताउँछन् ।

     

    विश्वकै अग्लो कृष्ण मुर्ति

    Black White and Yellow Modern Lines Sale Facebook Cover.jpg

    विश्वकै सबैभन्दा अग्लो र नेपालकै ठुलो कृष्ण मुर्ति रहेको भनि दाबि गरिएको  कृष्णको दामोदर स्वरुपमा ७१ फिटको मुर्ति पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको वडा ४ रमवापुर पूर्व पश्चिम राजमार्गको नजिकै रहेको छ ।

    करिब एक करोड ८ लाख रुपैयामा निर्माण  सम्पन्न भएको उक्त मुर्तिले सुनवल नगरको गौरव बढेको र यसलाई धार्मिक मात्र होईन पर्यटकिय क्षेत्रको रुपमा विकास गरेको छ  । यो  विशाल मुर्ती राजमार्ग सँगै जोडिएर कृषण मन्दिरमा निर्माण गरिएको छ । पूर्वपश्चिम लोक राजमार्गकै आडमा पर्ने स्थानमा बनेको सो मुर्तिले राजमार्गमा हिड्ने यात्रुहरुलाइ  अवलोकन सँगै फोटो खिच्न, टिकटक बनाउन आकर्षित गरेको छ ।  

    मुर्ति निर्माणका लागि वि. सं. २०७१ मंसीर २३ देखि पौष ३ गतेसम्म श्रीमद्भभागवत् महायज्ञ  संचालन गरिएको

    थियो  ।

     

    विश्वमै एकमात्र बुद्धअस्तु नझिकिएको रामग्राम स्तूप

    Black White and Yellow Modern Lines Sale Facebook Cover (1).jpg

    विश्वकै एक मात्र यस्तो स्तुप जहाँ अहिलेसम्म भगवान बुद्धको अस्थिधातु अविछिन्न रुपमा राखिएको छ र ऐतिहासिक वंशावलीलाई विश्वास गर्ने हो भने भगवान बुद्धको परिनिर्वाण पछि राखिएको उहाँको अस्थिधातु अहिलेसम्म कसैले चलाउन समेत सकेको छैन । बौद्ध ग्रन्थअनुसार गौतमबुद्धको महापरिनिर्वाणपछि विभिन्न आठ स्थानमा अष्टधातु राखिएको थियो । जसमध्येको एक रामग्राम हो । रामग्रामका तत्कालीन राजाले बनाएको यो स्तुप हेर्न वर्षेनी हजारौँ पर्यटक जाने गरेका छन् ।

     

     

    बर्दगोरियाधाम, नवलपरासी

     

    Picture2.jpg

    आध्यात्मिक सुखको अनुभूति गराउने  यो ठाउँ पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ११ केरावानीमा अवस्थित छ । शिवभक्त नन्दीकेश्वरको तपोभूमिको रुपमा परिचित यो धामको दाहिनेतर्फ पानभार नदी र बाँयातर्फ भूमही नदी बग्छन् । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको दिन त यहाँ पश्चिम नेपालकै सबैभन्दा ठूलो मेला लाग्ने गर्दछ । तीजको दिन एकदिन मात्र लाग्ने उक्त मेलामा भारतको देहरादून, लखनउ, कानपुर, विहारदेखि दक्षिणी भारतसम्मका लाखौँ भक्तजन यो स्थानमा मेला भर्न आउँछन ।

    यहाँका प्रस्तर मूर्ति र चक्र वाल्मीकि आश्रम र सुर्खेतको काँक्रेविहारको कलात्मक ढाँचासँग मिल्दोजुल्दो रहेको समितिले जनाएको छ । यो ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थललाई धार्मिक पर्यटनको केन्द्र बनाउन यहाँ लामो समयदेखि प्रयास हुँदै आएको छ । विसं २०६९ मङ्सिर २० देखि पुस ५ गतेसम्म ब्रह्माण्डीय सनातन धर्म महासभा नेपालले महारुद्र एवं पञ्चदेव धान्याञ्चल विराट ज्ञान महायज्ञ साथै ११ हजार १११ कन्या पूजनसहित यज्ञ सम्पन्न गरेको थियो ।

     

    महल पोखरी

    5(55).jpg

    बिहानीको सूर्योदयसगैं उत्तरमा मनमोहक हिमाली दृश्य र दक्षिणमा समथर तराईको फाँटको अवलोकन  गर्न सकिने यो पोखरी पूर्व पश्चिम राजमार्गको सुनवल चोक देखि १२ किलोमिटर उत्तरमा  सुनवल नगरपालिकाको वार्ड नम्बर ४  चुरे पहाडको उच्च भागमा रहेको छ । पाल्पाका राजा मुकुन्दसेन (द्धितिय)ले यहां महल (दरबार) निर्माण गरी पोखरी बनाएकोले यो ठाउको नाम महलपोखरी रहेको इतिहास बिदले बताउछन् । यसै पोखरीका कारण यस क्षेत्रको नाम महलपोखरी रहन गएको स्थानीय बताउछन् ।

    दरबार भत्किएकाले अहिले सानो मन्दिरमात्रै रहेको छ । सत्यवती देबीको पुजाआजा गर्न पाल्पाली राजा मुकुन्दसेन आउने र पछि त्यही स्थानमा महल नै बनाए पछि यस स्थानको नाम महलपोखरी रहन गएको भनाई रहेको छ । पाल्पाली राजाले बनाएको भवन नरहेको भए पनि मपहलपोेखरीको सबै भन्दा अग्लो भागमा बनाईएको सत्यवती देवीको मन्दिर अहिले पनि छ ।

     

    ‘बालपुरी मठधुनी मन्दिर

    unnamed.jpg

    प्राचीन समयदेखि नै निरन्तर बलिरहेको अखण्ड धुनी र खुर्सानीको हवन हुने बालपुरी मन्दिर पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ छिवनीमा रहेको छ  बालपुरी मठधुनी बालपुरी कुटीको रूपमा परिचित यहाँको दर्शन तथा पूजाअर्चना गर्नाले मनोकाङ्क्षा पूरा हुने गरेको धार्मिक विश्वास छ । यो स्थल बाबा बालपुरी स्वामीले तपस्या गरेको तपोभूमि पनि हो । नेपाल र भारतका विभिन्न ठाउँबाट गरी यहाँ वार्षिक हजारौँ भक्तजनको भीड लाग्ने गर्दछ । साउनमा जलापर्ण गर्न यहाँ ठूलो भीड लाग्छ । यसबाहेक पनि शिवरात्रि, कृष्णाअष्टमी, तीजलगायत चाडमा भक्तजनको घुइँचो लाग्ने गरेको स्थानीय बताउछन ।

     

    पाल्हीभगवती मन्दिर

    पाल्ही.jpg

    नवलपरासी जिल्लाको सदरमुकाम परासीदेखि आठ किमी परासी महेशपुर मार्गको दायाँ भागमा रहेको  यो मन्दिर तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुअघि पाल्पाका सेनवंशी राजाहरुको अधिनमा रहेको यो मन्दिरमा सेनवंशी राजपरम्पराकी कुल देवी पाल्ही भगवतीको स्थापना भएको हो । सेनवंशी राजाको पाल्हीमा दरबार रहेको र दरबारभित्र पुजिने इष्ट देवीका रुपमा पाल्ही भगवती रहेकी थिइन् । सेनवंशी शासनकालमा रतन सेनले आफ्नो दरबारमा पाल्ही भगवतीको पूजा गर्दै आएको पाइन्छ ।

     

    पण्डितपुर

    1542343104panditpur_01 (1).jpg

    पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १८ अवस्थित पण्डितपुर पुरातत्वविद्हरुले पण्डितपुरनै बुद्धको मावली भएको प्रमाणीत समेत गरिसकेका छन् । पुरातत्वविदको टोलीले कोलिय गणराज्यको राजधानी तथा बुद्धको मावली पण्डितपुर नै भएको पुरातात्विक वस्तु सो स्थानको उत्खनन्को क्रममा फेला पारेको थियो ।

    वि.स. २०५६ सालमा अनुमान गरिएको पुरातात्विक क्षेत्र चौथो पटकको उत्खननले कोलिय गणराज्यको राजधानी प्रमाणित गरिसकेको छ । वि . स २०५५ सालतिर पण्डितपुर एक स्थानीयले त्यहाँ मु्र्ति भेट्टाएर त्यहि गाउँको पण्डितलाई पुजा गर्न दिएका थिए । केहि समयमा पछि सो मुर्ति पुरातात्वीक विभागले मुर्ति मौर्यकालको बुद्धको मुर्ति रहेको भन्दै लगेको थियो । पण्डितपुरमा दुई वटा टापु रहेको छ । एउटा टापु ८०० मिटर, पुरानो कुलोको पारी पट्टी रहेको छ भने ५०० मिटरको अर्काे टापु महाव नदीको वारी रहेको छ । यहाँको उत्खनन् वि.स.२०५९ सालदेखि सुरु भएपछि लुम्बिनी विकाष कोषले यहाँ ३ फिट भन्दा तल खन्न दिएको छैन भने घर पनि बनाउन दिएको छैन ।

     

    ऐतिहासिक नन्दन ताल

    nandan-tal.jpg

    करिब एक सय ३४ विघाहा क्षेत्रफमा फैलिएको  ऐतिहासिक नन्दन ताल नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा ६ रहेको छ । विश्व सम्पदा सूचीमा समेत सूचीकृत हुने प्रक्रियामा रहेको  नन्दन ताल अहिले सीमित पोखरीमा मात्र परिणत भएको छ । २० वर्ष अगाडी ऐतिहासिक नन्दन ताल जिल्लाको ठुलो तालको रुपमा चिरपरिचित थियो । तालमा विभिन्न देशका चराचुरुङ्गी, फुलविरुवा, विभिन्न प्रजातिका माछा र पानीमा पाउने जनावरहरु पाउने गरिन्थ्यो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।