Logo

२०८३, आश्विन ११गते


images
images

रास्वपा बैठक

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

images
  • रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकको बैठक आज बस्दै छ । दिउसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्ने बैठकमा समसामयीक राजनैतिक एवं पार्टी गतिविधि, केन्द्रीय विभागको प्रगति रिपोर्ट, संसदीय दलको रुपन्देही बैठक अपडेट, रुपन्देही उपनिर्वाचन अपडेट, रुपन्देही संगठन अपडेट, कुलिङ अफ पिरियडमा भएको गडबडी छानविन प्रतिबेदन आदि विषयमा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । 

    images
    images
    images

    आजको बैठकमा प्रदेश इन्चार्जको प्रदेश रणनीतिको सार एवं रिपोर्ट,  केन्द्रीय सदस्य रिपोर्टिङ, पार्टी सचिवालय बैठकका निर्णयहरुमा छलफल र अनुमोदन, विधान ब्याख्या अनुमोदन, केन्द्रीय विभागको प्रमुख मनोनयन, पूर्व केन्द्रीय सदस्यहरुलाई पुनः जिम्मेवारी दिने, पार्टीको निर्वाचन आयोगमा मनोनयन, रणनीतिक समुह गठन, संगठन सवलिकरणका लागि केन्द्रीय समिति, केन्द्रीय विभागलाई थप जिम्मेवारी दिने, विदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकारको ब्यवस्था गर्न सरकार र संबन्धीत निकायको ध्यानाकर्षण गराउने, सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर बारे प्रगति रिपोर्ट र अभियान थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन् ।

    images
    images
    images

    त्यसैगरी अधिवेशन प्रतिनिधि समय विन्दु ९केन्द्रीय विभाग, प्रदेश विभागको नयाँ नियुक्ति, मधेश प्रदेश सहमहामन्त्री सिफारिस, पार्टी सचिवालयबाट अनुमोदन भएको पार्टी केन्द्रीय कार्यालयको अनुमानित बजेट र सांसदहरुको लेवि बारे पनि छलफल गर्ने एजेण्डा रहेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।