काठमाडौं। नेकपा माओवादी केन्द्र आफ्नो आगामी राष्ट्रिय सम्मेलनलाई नीतिगत छलफलमा केन्द्रित गर्ने जनाएको छ। बिहीबार बसेको स्थायी समितिको बैठकले राष्ट्रिय सम्मेलनलाई शक्ति प्रदर्शनभन्दा पनि पार्टीको आगामी मार्गदर्शन र नीति निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको हो।
माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलका अनुसार राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा हुने छ।
सम्मेलनको उद्घाटन र बन्दसत्र प्रज्ञा प्रतिष्ठानकै भवनमा हुने पोखरेलले बताए। 'हामीले आमसभा नगर्ने निर्णय गरेका छौं। कोरोना भाइरस संक्रमणको जोखिमका बीच भिडभाड हुने गरी आमसभा नगर्ने निर्णय भयो,' पोखरेलले भने।
सम्मेलनमा १ हजार ६०० देखि २ हजारसम्म प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ। ३ दिनसम्म चल्ने सम्मेलनले पार्टीको आगामी नीति पारित गर्न पोखरेलले जानकारी दिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology