Logo

२०८३, कार्तिक ३०गते


images
images

पिडाकाे जिन्दगी जहाँ राज्यको आँखा पर्दैन

पिडाकाे जिन्दगी जहाँ राज्यको आँखा पर्दैन

images
  • सेतोमसी सहकर्मी
  • पिडाकाे जिन्दगी जहाँ राज्यको आँखा पर्दैन
    images

    कृष्ण अन्जान, रुरु । जीवन सपना हाे , सपना उनिन्छन बुनिन्छन जाेडिन्छन ताेडिन्छन । जाेडिएका सपनाहरुले आफ्नै महत्त्व राख्छ तर सपना ताेडिए भने ?

    images
    images
    images

    रुरुक्षेत्र गाउँ पालिका १ कि राधा ज्ञवाली यतिबेला सपना ताेडिएकाे जिवन जिउँदै हुनुहुन्छ । बाला उमेरमै दैवले दृष्टि खाेसेपछि राधा दिदीका लागि सँसार अँधेराे छ तर पनि भित्रि आँखाले उज्यालोकाे आशा गर्नु हुन्छ ।

    images
    images
    images

    रुरुक्षेत्र १ काे अम्लपाटा राधा दिदीकाे घर पुग्दा मन भक्कानिन्छ । ८० वर्ष पूरा गरेकी आमा ८५ वर्ष पुरागरेका बाबा , आमा दृष्टिविहिन बाबू काे बुढेसकाल र राेगि ,तिनै राधा दिदी हुन ती वृद्ध काे सहारा । आँखाले केही देख्नु हुन्न तर विहानै देखि घर धन्दा दैलाे कुचाे ढिकी जाँताे सँगै भैसिकाे गाेठ्ल्याइँ भात भान्सा बा आमाकाे हेर चार स्याहारसुसार सबै राधा दिदीकाे काँधमा छ ।

    images
    images

    के गर्ने बा आमाकाे सहारा म नै हुँ मैले स्याहारसुसार नगरे कस्ले गर्छ र ? राधा दिदीले भन्नु भयाे । सबै भन्दा दुख त करिव पन्द्र मिनट टाढाकाे पँधेराे बाट खान र बस्तुभाउका लागि गाग्रीमा पानी बाेकेर राधा दिदी आएकाे देख्दा कस्काे मन सम्हालिन्छ र ? तीन दिदी वहिनीमा जेठि राधा दिदी माइतमै बस्नु भयाे माइलिकाे विवाह भयाे र घरजम गर्दै हुनुहुन्छ भने कान्छि लाई उमेरैमा दैवले चटक्क चुँडेर लग्याे ।

    राधा दिदीका लागि बृद्धअबश्थाका बाबू आमा काे स्याहार सुसार कर्तव्य बन्याे । आँखा देख्नु हुन्न तर गाग्री मा पानी बाेकेर छमछमाउँदै हिँडेकाे देख्दा मन खिन्न हुन्छ आकासकाे पानी सँकलन गर्ने घैँटाे बनाइ दिन पाए राधा दिदीलाइ सजिलाे हुन्थ्यो भँडारतुमका युवा समाजसेवी गाेपाल विश्वकर्मा भन्नु हुन्छ । तर राज्यकाे आँखा राधा दिदीकाे पिडामा पर्दैन ।

    हावामा विकासका फाेस्रा गफ हाँक्ने राजनितीक दलका नेता कहिल्यै राधा दिदीकाे दुखेकाे घाउमा मलम लगाउन पुग्दैनन । तिनै राधा दिदीकाे घर माथि स्थानीय निकाएले डाेजर लगाउँछ तर बाटा मुनि दुखकाे जिन्दगी जिउने राधा दिदी र बा आमा का समस्या साेध्न फुर्सद छैन जन प्रतिनिधि लाई ।

    हुनेखाने र पहुँचका भरमा च्यूृरेकका घरघरमा पानी सँकलन गर्ने घैँटा बन्दा कसैकाे नजर राधा दिदीले छमछमाउँदै पँधेरा बाट बाेक्ने पानीकाे पीडा जन्य गाग्रीमा पर्दैन । गाउँमा एक घर एक धाराकाे कार्यक्रम छ राज्यले याे दृष्टिविहिन परिवारका लागि धारा जडानकाे व्यवस्था गर्नु पर्छ ।

    जहाँ आवस्यकता छ त्याहाँ विकास पुग्नु पर्छ करिब साढे पाँच दशक तिर पाइला चालेकी राधा दिदीकाे याे पिडामा सँघ सँस्था राज्यका स्थानिय तह र सबै पहुँचवालाकाे ध्यान जानू आवस्यक रहेकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जीवन
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।