Logo

२०८३, श्रावण ३०गते


images
images

इजरायल युद्ध

इजरायलमा गाजा युद्ध विस्तारको योजनाविरुद्ध प्रदर्शन तीव्र

इजरायलमा गाजा युद्ध विस्तारको योजनाविरुद्ध प्रदर्शन तीव्र

images
  • इजरायलमा गाजा युद्ध विस्तारको योजनाविरुद्ध प्रदर्शन तीव्र
    images
    images

    काठमाडौँ । इजरायलको सरकारले गाजामा सैन्य कारबाही विस्तार गर्ने योजनाविरुद्ध देशभर हजारौं मानिस सडकमा उत्रिएका छन् । शुक्रबार इजरायली सुरक्षा क्याबिनेटले युद्ध अन्त्यका लागि पाँच सिद्धान्त अनुमोदन गरेको थियो, जसमा गाजा सिटीसहित गाजा पट्टीमा ‘सुरक्षा नियन्त्रण लिन’ योजना समावेश थियो ।

    images
    images
    images

    प्रदर्शनकारीमध्ये ५० जना बन्धकमध्येका परिवारजन (जसमध्ये करिब २० जना जीवित भएको अनुमान) ले यो योजना बन्धकहरूको जीवनलाई खतरा पुर्‍याउने भन्दै तत्काल उनीहरूको रिहाइ सुनिश्चित गर्न माग गरे ।

    images
    images
    images

    प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने योजनाले बन्धकहरूलाई मुक्त गर्न सहयोग गर्ने दाबी गरे । तर, बन्धक परिवारको समूहले सामाजिक सञ्जाल ‘एक्स’ मा “युद्ध विस्तारले बन्धक र सैनिकलाई खतरा हुने र इजरायलका जनता जोखिम लिन तयार नहुने लेखेका छन् ।”

    images
    images
    images

    एक पूर्व सैनिक म्याक्स क्रेशले आफू युद्धको सुरुवातमा लडाकु सैनिक भए पनि अब सेवा गर्न अस्वीकार गरेको बताए । उनका अनुसार, “३५० भन्दा बढी सैनिकहरूले नेतान्याहूको राजनीतिक युद्धमा सेवा गर्न अस्वीकार गरेका छन्, जसले बन्धकहरूलाई खतरा पुर्‍याउँछ र गाजाका निर्दोष मानिसलाई भोकमरीमा धकेल्छ ।”

    तेल अविवमा इजरायल रक्षा बल (IDF) मुख्यालय नजिकैको प्रदर्शनमा बन्धक र सैनिकका परिवारहरूले अन्य सैनिकलाई पनि युद्ध विस्तारमा भाग लिन अस्वीकार गर्न आह्वान गरे ।

    इजरायली सञ्चारमाध्यमका अनुसार, सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिरले नेतान्याहूलाई गाजाको पूर्ण कब्जा “फन्दा जस्तै” हुने चेतावनी दिएका थिए । जनमत सर्वेक्षणले पनि अधिकांश इजरायली जनताले युद्ध अन्त्य र बन्धक मुक्ति लागि हमाससँग सम्झौता गर्नुपर्ने मत दिएको देखाउँछ ।

    नेतान्याहूले अघिल्लो साता फक्स न्युजलाई गाजाको सम्पूर्ण कब्जा गरेर पछि “अरब फौजलाई हस्तान्तरण” गर्ने योजना बताएको भए पनि शुक्रबार उनले एक्समा, “हामी गाजालाई कब्जा गर्ने होइनौं हामी गाजालाई हमासबाट मुक्त गर्नेछौं।” लेखेका छन् ।

    संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले गाजा सिटीको पूर्ण सैन्य कब्जाले पालेस्टिनी नागरिक र बन्धक दुवैका लागि “विनाशकारी परिणाम” निम्त्याउने चेतावनी दिएका छन् ।

    गाजामा अहिले करिब १० लाख मानिस बसोबास गर्छन् । जर्मनीले यस योजनाप्रति विरोध जनाउँदै इजरायललाई हतियार आपूर्ति रोक्ने घोषणा गरेको छ भने बेलायत, फ्रान्स, क्यानाडासहितका देशहरूले निन्दा गरेका छन् । संयुक्त राष्ट्र सुरक्षा परिषद् आइतबार यसबारे बैठक गर्नेछ ।

    मानवीय संकट बढिरहेको गाजामा संयुक्त राष्ट्र र अन्य निकायहरूले थप राहत र खाद्यान्न प्रवेश गराउन आग्रह गरेका छन् । हामास–नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा भोकमरीका कारण दुई बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ, जसले मृत्यु संख्या २१७ पुगेको छ (त्यसमध्ये १०० बालबालिका)।

    इजरायलले भने भोकमरीको आरोप अस्वीकार गर्दै दोष हमासलाई दिएको छ, तर संयुक्त राष्ट्र-समर्थित खाद्य सुरक्षा विशेषज्ञहरूले जुलाईमा नै “दुर्भिक्षको सबैभन्दा खराब अवस्था सुरु भइसकेको” मूल्यांकन गरेका थिए ।

    सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको हमलामा करिब १,२०० मानिस मारिएका र २५१ जना बन्धक बनाइएका थिए । त्यसपछि इजरायलको सैन्य आक्रमणमा गाजामा ६१,३०० भन्दा बढीको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयको दाबी छ ।

    Source:BBC 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इजरायल
  • # युद्ध अन्त्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।