Logo

२०८३, आश्विन ९गते


images
images

चलचित्र

दयाहाङ र मिरुनाको फिल्म जारी-२ को टिजर सार्बजनिक

दयाहाङ र मिरुनाको फिल्म जारी-२ को टिजर सार्बजनिक

images
  • दयाहाङ र मिरुनाको फिल्म जारी-२ को टिजर सार्बजनिक
    images
    images

    काठमाडौँ । दयाहाङ राई र मिरुना मगर अभिनित फिल्म जारी-२ को टिजर सार्बजनिक गरिएको छ । 

    images
    images
    images

    आगामी असोज ३ गते प्रदर्शनमा आउने जारी-२ को टिजर सोमवार बासुरी फिल्म्सको युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको हो ।

    images
    images
    images

    कवि उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्ममा ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई, सिर्जना निङ्लेखु लगायतको पनि अभिनय रहेको छ । बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माताहरु रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन् । 

    images
    images
    images

    निर्देशक सुब्बा स्वयंको लेखन रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, कोविद बज्रचार्यको ब्याकग्राउन्ड स्कोर र राजेन्द्र मोक्तानको रंग संयोजन छ । 

    टिजरको लिंक: https://www.youtube.com/watch?v=Lk5klPgwbCc 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जारी-२
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।