Logo

२०८३, श्रावण ३०गते


images
images

आतंकवादी घोषणा

अमेरिकाद्वारा बलुचिस्तान लिबरेशन आर्मी र द मजिद ब्रिगेडलाई आतंकवादी संगठन घोषणा

अमेरिकाद्वारा बलुचिस्तान लिबरेशन आर्मी र द मजिद ब्रिगेडलाई आतंकवादी संगठन घोषणा

images
  • अमेरिकाद्वारा बलुचिस्तान लिबरेशन आर्मी र द मजिद ब्रिगेडलाई आतंकवादी संगठन घोषणा
    images
    images

    काठमाडौँ । अमेरिकाले पाकिस्तानस्थित बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) र द मजिद ब्रिगेडलाई 'विदेशी आतंकवादी संगठन' घोषणा गरेको छ । सन् २०१९ मा भएका धेरै अतिवादी आक्रमणहरूपछि अमेरिकाले बीएलएलाई विशेष रूपमा नामित विश्वव्यापी आतंकवादीको श्रेणीमा राखेको थियो ।

    images
    images
    images

    अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्तिमा त्यसबेलादेखि यो समूहले धेरै आक्रमणहरूको जिम्मेवारी लिएको उल्लेख गर्दै यो कार्यले आतंकवाद विरुद्ध ट्रम्प प्रशासनको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको बताएको छ ।

    images
    images
    images

    अमेरिकी विदेश मन्त्रालयले भनेको छ 'आतंकवादी संगठनहरूलाई तोक्नुले यस दुष्टता विरुद्धको हाम्रो लडाईमा महत्त्वपूर्ण भूमिका खेल्छ र आतंकवादी गतिविधिहरूको समर्थन कम गर्ने प्रभावकारी तरिका हो ।'

    images
    images
    images

    विदेश मन्त्रालयले २०२४ मा, बिएलएले कराँची विमानस्थल र ग्वादर बन्दरगाह प्राधिकरण परिसर नजिकै आत्मघाती हमलाहरूको जिम्मेवारी लिएको र मार्च २०२५ मा, समूहले क्वेटाबाट पेशावर जाने जाफर एक्सप्रेस रेल अपहरण गर्ने जिम्मेवारी लिएको बताएको छ । उक्त घटनामा ३१ जना सर्वसाधारण र सुरक्षाकर्मीको मृत्यु भएको थियो भने ३०० भन्दा बढी यात्रुलाई बन्धक बनाइएको थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।