Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से एआई

'नेप्से एआई' बाट सतर्क रहन प्रहरीको आग्रह

'नेप्से एआई' बाट सतर्क रहन प्रहरीको आग्रह

images
  • 'नेप्से एआई' बाट सतर्क रहन प्रहरीको आग्रह
    images
    images

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेप्से एआई (Nepse AI) एपमा सचेत रहन आग्रह गरेको छ ।

    images
    images
    images

    पछिल्ला दिनहरूमा फेसबुक, इन्स्टा, टिकटकलगायतका सामाजिक सञ्जालबाट शेयर बजारको विश्लेषण भन्दै आकर्षक विज्ञापन देखाएर प्रयोगकर्तालाई नेप्से एआई एप डाउनलोड गर्न लगाएर ठगि बढेको भन्दै सचेत रहन सर्बसाधारणलाई आग्रह गरेको हो ।

    images
    images
    images

    ब्युरोले एप इन्स्टल गरी पासवर्ड तथा सेन्सेटिभ विवरण प्रविष्ट गरेपछि प्रयोगकर्ताको डिजिटल डिभाइसमा पूर्ण नियन्त्रण लिने गरेको पाइएको र बैंक खाताबाट रकम चोर्ने घटनाहरू बढेको बताएको छ ।

    images
    images
    images

    प्रहरीले एक व्यक्तिको २८ लाख ६१ हजार रुपैयाँ अन्य खातामा ट्रान्सफर भएको र पीडितको मोबाइलमा ‘ब्ल्याङ्क स्क्रिन’ देखिएको घटना विवरण सार्वजनिक गर्दै केही उजुरी प्राप्त भएको उल्लेख गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।