Logo

२०८३, श्रावण ३०गते


images
images

नाउपा विवाद

निर्वाचन आयोगले लालबीर चौधरीलाई नाउपा अध्यक्षको मान्यता दिएन, रञ्जिता श्रेष्ठ नै कायम

निर्वाचन आयोगले लालबीर चौधरीलाई नाउपा अध्यक्षको मान्यता दिएन, रञ्जिता श्रेष्ठ नै कायम

images
  • निर्वाचन आयोगले लालबीर चौधरीलाई नाउपा अध्यक्षको मान्यता दिएन, रञ्जिता श्रेष्ठ नै कायम
    images
    images

    काठमाडौँ । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रञ्जिता श्रेष्ठलाई नै वैधानिकता दिएको छ ।

    images
    images
    images

    आयोगको हिजो बसेको बैठकले रञ्जिताको नेतृत्वलाई वैधानिकता दिने निर्णय गरेको प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । यसअघि नाउपाको राष्ट्रिय भेलाले रञ्जितालाई अध्यक्ष पदबाट हटाउँदै लालबीर चौधरीलाई अध्यक्ष चयन गरेको थियो ।

    images
    images
    images

    लालबीर चौधरीले साउन १५ गते नेतृत्वको विवरण अद्यावधिकका लागि आयोगमा निवेदन दिएका थिए। तर, नाउपा दर्ता हुँदा २१ सदस्यीय केन्द्रीय समितिमा चौधरीको नाम नरहेको र राजनीतिक दलसम्बन्धी ऐन तथा पार्टीको विधान अनुसार उनको नेतृत्व अमान्य भएको आयोगले जनाएको छ।

    images
    images
    images

    नाउपाले २०८० सालमा पहिलो महाधिवेशन गरी रेशम चौधरीलाई अध्यक्ष बनाएको थियो । तर, सो समयमा पनि निर्वाचन आयोगले त्यसलाई मान्यता नदिई रञ्जिता श्रेष्ठलाई नै अध्यक्ष पदमा कायम राखेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।