देवदह । ग्रिनप्लान्ट आवासीय माध्यमिक विद्यालय देवदह ७ ले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बिहिवार विभिन्न कार्यक्रमहरु गरेको छ ।
अतिरिक्त क्रियाकलाप अन्तर्गत भएका कार्यक्रमहरुमा कक्षा मन्टेश्वरीदेखि एकसम्म जन्माष्टमी विशेष प्रदर्शनी, कक्षा दुइदेखि पाँच स्तरीय नेपाली कविता वाच, र कक्षा ६ देखि ९ स्तरीय सदनगत भजन प्रतियोगिता रहेका छन् ।
यस्तै ग्रिन प्लान्ट बाल क्लब, रेडक्रस सर्कल र स्काउटद्वारा जन्माष्टमी विशेष जन्मलीला नाटक प्रदर्शन गरिएको विद्यालयका प्राचार्य राजीव सापकोटाले जानकारी दिए ।
कार्यक्रमको शुभारम्भ गर्दै विद्यालयका प्रवन्ध निर्देशक एकनारायण काफ्लेले अतिरिक्त क्रियाकलापले विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रदर्शन गर्ने बताए । उनले भने, ‘हाम्रो मौलिक संस्कृतिलाई नव पुस्तामाझ जीवित राख्न यस्ता कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्छन् ।’
कविता वाचन प्रतियोगिता अन्तर्गत कक्षा २ तर्फ लोटस सेक्सनबाट मिसन परियार, रोज सेक्सनबाट आरुष पौडेल र जस्मिन सेक्सनबाट सान्वी न्यौपाने उत्कृष्ट भए । त्यसैगरी कक्षा ३ एभरेस्टबाट अस्मी कँडेल, ३ मकालुबाट साहाना तिवारी, ३ धौलागिरीबाट गुरु देव तिवारीले उत्कृष्टता हासिल गरे । यस्तै कक्षा ४ अर्थबाट दर्शना अधिकारी, ४ सनबाट रस्मिता पौडेल, ४ मुनबाट प्रिन्स न्यौपाने उत्कृष्ट भए । यसैगरी कक्षा ५ मेचीबाट दर्शन अधिकारी, ५ कोशीबाट सचिन पाण्डे र ५ गण्डकीबाट दिप्सन पाण्डे उत्कृष्ट चयन भएको अतिरिक्त क्रियाकलाप प्रमुख धनमाया शर्माले जानकारी दिइन् ।
विहिवार नै सम्पन्न सदनगत भजन प्रतियोगितामा लुम्बिनी सदन प्रथम, धौलागिरी सदन द्वितीय, गण्डकी सदन तृतीय र नारायणी सदनले सान्त्वना स्थान हासिल गरेका छन् । प्रतियोगिताको निर्णायकहरुमा शिक्षक कुशल पौडेल, करुणा पौडेल र अनिता अदै रहेका थिए ।
त्यसैगरी जन्माष्टमी विशेष नाटक प्रदर्शनमा १७ जना विद्यार्थीले सहभागीता जनाएको विद्यालयले जनाएको छ । अतिरिक्त क्रियाकलाप शिक्षक समिन गैरेलेको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन ग्रिनप्लान्ट बाल क्लबकी अध्यक्ष प्रकृति न्यौपाने र रेड क्रस सर्कलका अध्यक्ष संजोग थापाले संयुक्त रुपमा गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology