Logo

२०८३, श्रावण ३०गते


images
images

आगामी चुनावमा माओवादी पहिलो दल हुनेछ: महरा

आगामी चुनावमा माओवादी पहिलो दल हुनेछ: महरा

images
  • आगामी चुनावमा माओवादी पहिलो दल हुनेछ: महरा
    images
    images

    रसुवा । पूर्वसभामुख कृष्णबहादुर महराले आगामी निर्वाचनमा नेकपा (माओवादी) पहिलो दल हुने बताएका छन् । उत्तरी रसुवाको आमा छोदिङ्मो गाउँपालिकास्तरीय उक्त दलको प्रथम सम्मेलन आइतबार शुभारम्भ गर्दै उनले अहिले यो दल दुब्लाएको जस्तो देखिए पनि आगामी निर्वाचनमा २०६४ कै अवस्थामा फर्कने बताएका हुन् ।

    images
    images
    images

    अन्य दलमा जस्तो यस दलमा आन्तरिक कलह नभएको स्पष्ट पार्दै उनले आदिवासी, जनजाति, घले, गुरूङ, सबैक्षेत्रको वृहत्तर हितका लागि आफ्नो दल निरन्तर अगाडि बढ्ने बताए ।

    images
    images
    images

    माओेवादीले ल्याएको जनहितकारी एजेण्डा पूरा गर्न बाँकी रहेकोले आफ्नो दललाई विजय गराउन उनले स्थानीय समुदाय माझ आग्रह पनि गरे ।

    images
    images
    images

    उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले) र राप्रपा परित्याग गरी माओवादीमा प्रवेश गर्ने ५२ कार्यकर्तालाई सम्मान गरिएको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।