Logo

२०८३, आश्विन ९गते


images
images

इङलिश प्रिमियर लिग

इङलिश प्रिमियर लिग आजदेखि

इङलिश प्रिमियर लिग आजदेखि

images
  • इङलिश प्रिमियर लिग आजदेखि
    images
    images

    काठमाडौँ । यस सिजनको इङलिश प्रिमियर लिग आजदेखि शुरु हुदैछ । लिगको पहिलो खेल डिफेन्डिङ च्याम्पियन लिभरपुल र बोर्नमाउथबीच आज राति १२:४५ बजेदेखि खेल शुरु हुने छ । 

    images
    images
    images

    यस सिजनमा लीड्स युनाइटेड, बर्नली र सन्डरल्याण्ड प्रिमियर लिगमा बढुवा भएका छन् । 

    images
    images
    images

    गत सिजनमा पुछारमा रहेका लेस्टर सिटी, आइपीस्विच टाउन र साउथहम्पटन रेलिगेसनमा परेका थिए । 

    images
    images
    images

    यस सिजनमा अर्ध-स्वचालित अफसाइड प्रविधिको प्रयोग पुर्णरुपमा हुने भएको छ भने २०२५ फिफा क्लब विश्वकपको समयमा परीक्षण गरिएका रेफ्री-लगाइएका क्यामेराहरू (रेफ-क्याम्स) प्रिमियर लिगमा प्रयोगको लागि विचाराधीन छन् । अझै कार्यान्वयन नभए पनि, सिजनको समयमा सीमित घरेलु परीक्षणहरूको बारेमा छलफलहरू जारी रहेका छन् । त्यस्तै २५ वर्षको साझेदारी पछि नाइकेको उत्तराधिकारी बनेर पुमा प्रिमियर लिगको लागि नयाँ आधिकारिक म्याच बल आपूर्तिकर्ता बनेको छ ।

    २० क्लबले प्रतिष्पर्धा गर्ने प्रिमियर लिगका शिर्ष चार क्लब युइएफए च्याम्पियन्स लिगमा छनौट हुने छन् भने पाँचौं स्थानमा रहेको र २०२५-२६ को एफए कप जित्ने क्लब युरोपा लिगका लागि छनौट हुने छ । यदि एफए कप जित्ने टिम पाँचौ आएमा छैठौं हुने क्लब युरोपा लिगमा छनौट हुने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इङलिश प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।