Logo

२०८३, श्रावण ३०गते


images
images

युद्ध अन्त्यको माग

इजरायलमा ठूलो संख्यामा प्रदर्शनकारी भेला, बन्धक सम्झौता र गाजा युद्ध अन्त्यको माग

इजरायलमा ठूलो संख्यामा प्रदर्शनकारी भेला, बन्धक सम्झौता र गाजा युद्ध अन्त्यको माग

images
  • इजरायलमा ठूलो संख्यामा प्रदर्शनकारी भेला, बन्धक सम्झौता र गाजा युद्ध अन्त्यको माग
    images
    images

    काठमाडौँ । इजरायलमा सयौँ हजार प्रदर्शनकारी सडकमा उत्रिएका छन् । उनीहरूले गाजा युद्धको अन्त्य र हमासले नियन्त्रणमा राखेका बन्धकहरूको सुरक्षित फिर्तीको लागि सरकारसँग तत्काल सम्झौता गर्न माग गरेका छन् ।

    images
    images
    images

    सबैभन्दा ठूलो भीड आइतवार तेलअविवको ‘होस्टेज स्क्वायर’ मा देखिएको थियो । आयोजकहरूले इजरायली सरकारको गाजा सिटीमा नियन्त्रण कायम गर्ने योजनाले अझै हमासको कब्जामा रहेका करिब २० जना बन्धकको जीवनलाई जोखिममा पार्ने चेतावनी दिएका छन् ।

    images
    images
    images

    यस क्रममा भएको एकदिने राष्ट्रिय बन्दहड्तालका कारण कतिपय क्षेत्रमा सडक, कार्यालय र विश्वविद्यालयहरू बन्द भएका थिए । दिनभरमा करिब ४० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले प्रदर्शनको आलोचना गर्दै यसले "हमासलाई अझ कठोर" बनाउने दाबी गरे । उनले यस्तो कदमले बन्धकहरूको फिर्ती प्रक्रिया ढिलो पार्ने चेतावनी पनि दिए ।

    इजरायली सरकारका अति दक्षिणपन्थी मन्त्री बेजालेले स्मोट्रिचले प्रदर्शनलाई “हमासलाई फाइदा पुर्‍याउने हानिकारक अभियान” भन्दै आपत्ति जनाएका छन् ।

    यसैबीच, गत सातामात्रै इजरायलको युद्ध क्याबिनेटले गाजा सिटीमा कब्जा गर्ने निर्णय गरेको थियो । यस कदमलाई संयुक्त राष्ट्र सुरक्षा परिषदले निन्दा गरेको थियो ।

    गाजा सिटीको दक्षिणी जेतौन क्षेत्रमा निरन्तर बमबारी भएपछि त्यहाँ ‘विनाशकारी अवस्था’ सिर्जना भएको हमास-नियन्त्रित नगरपालिकाले जनाएको छ ।

    गाजाको नागरिक सुरक्षा एजेन्सीका अनुसार शनिबार मात्र इजरायली आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको छ । हमासले इजरायली सेनाले गाजा सिटीका पूर्वी र दक्षिणी क्षेत्रहरूमा निरन्तर आक्रमण गरिरहेको आरोप लगाएको छ ।

    यसैबीच, इजरायली सेनाले गाजाका नागरिकहरूलाई सुरक्षित ठाउँतर्फ सार्ने तयारीस्वरूप सहयोगी निकायमार्फत पाल र आश्रय सामग्री भित्र्याउन अनुमति दिने बताएको छ ।

    इजरायलले करिब १० लाख मानिसलाई गाजा सिटीबाट दक्षिणतर्फका शिविरमा जबर्जस्ती विस्थापित गर्ने योजना बनाएको छ । तर सेनाले गाजा सिटी प्रवेशको स्पष्ट समय तोकेको छैन । नेतान्याहूले भने ७ अक्टोबरदेखि नै पुरा शहरलाई इजरायली कब्जामा ल्याउने इच्छा प्रकट गरेका छन् ।

    संयुक्त राष्ट्रका अनुसार गाजामा हालसम्म १९ लाखभन्दा बढी मानिस (कुल जनसंख्याको करिब ९०%) विस्थापित भइसकेका छन् । गाजामा व्यापक कुपोषण फैलिएको चेतावनी पनि दिइएको छ ।

    स्मरणीय छ, यो युद्ध २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरी करिब १,२०० जनाको हत्या र २५१ जनालाई बन्धक बनाएपछि सुरु भएको हो । त्यसको प्रतिकारस्वरूप इजरायलले चलाएको कारबाहीमा गाजा स्वास्थ्य मन्त्रालयका तथ्याङ्कअनुसार हालसम्म ६१ हजारभन्दा बढी फलस्तीनी मारिइसकेका छन्, जसलाई संयुक्त राष्ट्रले विश्वसनीय मानेको छ ।

    स्रोत :BBC

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इजरायल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।