Logo

२०८३, श्रावण ३१गते


images
images

सूचना र सञ्चार

सूचना प्रविधि, सुशासन र विकास

सूचना प्रविधि, सुशासन र विकास

images
  • सूचना प्रविधि, सुशासन र विकास
    images
    images

    आज सूचना र सञ्चार टेक्नोलोजी, आइसिटी अथवा आइटी  सुशासनका लागि मात्र होइन विकास र मानिसको दिनचर्याका लागि अपरिहार्य भइसकेको छ । हामी आइटी बिना चल्नै नसक्ने अवस्थामा पुगिसकेका छौं । पहिलो कुरा, आइटीको प्रयोग के का लागि भन्दा देशलाई सुव्यवस्थित बनाउन, समाजलाई सुव्यवस्थित बनाउन, मानव समाजलाई अझ सभ्य, अझ परिष्कृत, अझ उन्नत बनाउन र देशमा सुशासन अझ सुदृढ गर्न, आइटीको प्रयोगलाई सुशासनको सहयोगीको रूपमा, समाजको सुप्रबन्धका लागि सहयोगीको रूपमा, करप्सन कन्ट्रोलका लागि सहयोगीको रूपमा र जनतालाई सेवा सुविधा पु¥याउने कुरामा सहयोगीको रूपमा आइटीलाई प्रयोग गर्न चाहन्छौं । आइटी एउटा सोख मात्रै होइन, अनिवार्य आवश्यकता बनेको छ ।

    images
    images
    images

    आइटीले हाम्रो विकासलाई तीव्रता दिनुपर्दछ । टेक्नोलोजी भनेकै त्यै हो, जसले विकासलाई व्यापकता र तीव्रता दिन्छ । नवीनता त्यसको लागि आवश्यकता छ र नवीनता दिन्छ । यसले समाजमा पारस्परिक रूपमा मानवीय भावना, पारस्परिक प्रेम, सद्भाव, सहिष्णुताको विकासका निम्ति सहयोग गर्नुपर्दछ । हामीले सूचना प्रविधिलाई त्यसै हिसाबले प्रयोग गर्नुपर्दछ । यही कुरालाई ध्यानमा राखेर हामीले आइटीलाई डिजिटल नेपालको नाराका साथ अगाडि बढाएका छौं । सिङ्गै देशलाई डिजिटलाइज्ड गर्ने र त्यसको अधिकतम् सदुपयोग गर्ने । त्यसैअनुसार नै म अघिल्लो पल्ट प्रधानमन्त्री हुँदैदेखि डिजिटल नेपाल फ्रेमवर्क बनाएका थियौं । अहिलेसम्मका अनुभव र प्रगतिहरूलाई हेरेर हामीले फ्रेमवर्क टु जिरो अर्को चरणमा प्रवेश गरेका छौं र त्यस फ्रेमवर्कलाई अगाडि बढाउँदै छौं ।

    images
    images
    images

    म यस प्रविधिको प्रयोगलाई शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा र अरु विभिन्न क्षेत्रहरूमा पनि यसको सदुपयोग गरेर समाजलाई लाभान्वित गराउने पक्षमा म आफैँ पनि क्रियाशील रहेको छु । सरकार क्रियाशील रहेको छ र हामी हरेकले यस सन्दर्भमा प्रयास गर्नुपर्दछ । हामीले एउटा मात्रै सानो उदाहरण दियौं भने, गत वर्ष नेपालको एसइइको परीक्षाको नतिजामा पास हुनेको संख्या ४८ प्रतिशतभन्दा कम थियो  र गत वर्षबाट हामीले सुरुदेखि नै यस प्रतिशतलाई वा ४८ भन्दा कम रहेको प्रतिशतलाई ७० प्रतिशत पु¥याउने भनेका थियौं । पछि हामीले केही संशोधन गर्नुप¥यो र हामीले ६० देखि ६५ प्रतिशतसम्म पु¥याउँछौ भनेर हाम्रा केही युवा साथीहरूले अनलाइन कक्षाको सुरुवात गर्नुभयो । त्यसका निम्ति एउटा अभियान चलाउनुभयो ।

    images
    images
    images

    देशव्यापी रूपमा विभिन्न ठाउँका विद्यालय विद्यालयमा गएर त्यहाँका प्रिन्सिपलहरूलाई, त्यहाँका शिक्षकहरूलाई, त्यहाँका विद्यार्थीहरूलाई, त्यहाँका अभिभावकहरूलाई प्रेरित गर्नु हो । र देशभरि दुई सयभन्दा बढी मेन्टर र धेरै दर्जन शिक्षकहरू राखेर एकै ठाउँ काठमाडौँबाट कक्षाहरू सञ्चालन गर्नुभयो र पछि हामीले ६० देखि ६५ प्रतिशतको बिचमा नतिजा निकाल्छौं भन्यौं । यो नितान्त निजी प्रयास हो हाम्रा युवाहरूको । त्यसमा सरकारी सहयोग भनेको सञ्चार मन्त्रालयले हामीलाई त्यो उपलब्ध गरायो । हामी युवाहरूलाई जहाँ सेवा पु¥याउँछौं भनेको छ, त्यहाँँ इन्टरनेट सर्भिस उपलब्ध गराइदियो । त्यस हिसाबले प्रयास गर्दाखेरि ६१.८१ प्रतिशत अथवा ६२ प्रतिशत उत्तिर्ण भए । ४८ बाट ६२ प्रतिशत अथवा १४ प्रतिशतका दरले एसइइको नतिजामा उन्नति भयो ।

    यो हामीले देखेका छौं,सानो खर्चबाट देशभरिको लाखौँ विद्यार्थीहरूको संख्यामा १४ प्रतिशतले उत्तीर्ण हुनेको संख्या अभिवृद्धि भयो, बढ्यो । तसर्थ, यसै गरेर हामीले अनलाइन स्वास्थ्य, अनलाइन स्वास्थ्य परीक्षण, अनलाइन उपचारजस्ता कुराहरू पनि विभिन्न हस्पिटलहरूबाट मद्दत गरेका छौं र साना हस्पिटलहरूले ठूला हस्पिटलहरूबाट विशेषज्ञ सेवाहरू लिन सकिरहेका छन् । त्यो हामी आफैँले प्रत्यक्ष यी केही वर्षहरूमा मात्रै अनुभव गरेका छौं । मैले प्रधानमन्त्री चलाएको यो पछिल्लो एक वर्षको अवधिमा असाधारण ढङ्गले हामीले यस क्षेत्रमा पनि प्रगति गरेका छौँ । हामीसँग एउटा राम्रो पक्ष के छ भने हामीसँग एउटा यो ‘डेमोग्राफिक डिभिडेन्ड’ हाम्रो राम्रो छ । त्यसलाई हामीले यस क्षेत्रमा प्रयोग गर्न सक्छौँ किनभने हाम्रा युवाहरू आज आम रूपमा भन्ने हो भने डिजिटल फ्रेन्डली छन् अथवा डिजिटल क्षेत्रमा, आइटी सेक्टरमा भन्ने हो भने उनीहरू शिक्षित कमसेकम छन् । उनीहरूले विभिन्न ढंगले त्यसबाट नेलेज लिन र नेलेज सम्प्रेषण गर्न सक्छन् । त्यसकारण नवप्रवद्र्धनका कुराहरू, इनोभेसनका कुराहरू अथवा अरु रिसर्चका कुराहरूदेखि लिएर आइटीको प्रयोगले हामीलाई धेरै ठूलो मद्दत पुगिराखेको छ र हामी समाज परिवर्तनका लागि यी सबै कुरा, मान्छेको विकासका लागि सबै कुरा, अर्थतन्त्रको विकासका लागि, शिक्षा, स्वास्थ्य र सबै समाजिक क्षेत्रको विकासका लागि र समाजमा जनतालाई सेवा सुविधा पु¥याउनका लागि यी कुराहरूमा काम गरिराखेका छौँ ।

    अहिले हामीले यो पर्सनल आइटीजस्ता कुराहरू यिनीहरूबाट जनतालाई सेवा पु¥याउने कुराहरू गरिराखेका छौँ र अनेक पक्षहरूमा यसको मद्दत पुगिराखेको छ । यो सँगसँगै, यसमा केही कमजोरी पक्षहरू, विकृतिका पक्षहरू र विज्ञान प्रविधिको प्रयोग ठीक ढंगले गर्न जानेनन् भने, मेसिन चलाउँदा ठीक ढंगले चलाइएन भने त हात काटिदिन्छ । त्यो त मेसिन भनेको ठीक ढंगले चलाउने कि नचलाउने भन्ने कुरासँग निर्भर हुने कुरा हो । 

    अहिलेको दुनियाँमा यस इन्फर्मेसन टेक्नोलोजीको राम्ररी सदुपयोग मात्रै भएको छ भन्न सकिँदैन । खासगरी इन्फर्मेशनको सेक्टरमा, मिस इन्फर्मेशन, डिस इन्फर्मेशनजस्ता कुराहरू पनि यसबाट केही केही क्षतिका कुराहरू पनि भइराखेका छन् । समाजलाई अलि विकृति बढाउने खालका कुराहरू पनि भइराखेका छन् र यस्ता कुराहरूप्रति हामी सजग छौँ । सबै कुरा हुन पाउनु पर्दछ । वास्तवमा यो प्रेस स्वतन्त्र, इन्फर्मेशनको स्वतन्त्रता सबै कुरा हुनुपर्दछ तर अनियन्त्रित र समाजलाई हानि गर्ने गरी होइन, समाजलाई फाइदा पुग्ने गरी यी कुराहरू हुनुपर्दछ । समाजका लागि आईटी, विकासका लागि आइटी, राष्ट्रिय एकताका लागि आइटी, विश्व शान्तिको पक्षमा आइटी, सूचना मनोरञ्जनका लागि आइटी, शिक्षाका लागि आइटी, स्वास्थ्यको लागि आइटी । यसो भएर हामीले आइटीलाई सदुपयोग गर्न सक्नुपर्दछ राम्ररी । 

    हाम्रो राष्ट्रिय आकाङ्क्षा हामीले भनेका छौँ–समृद्ध नेपाल, सुखी नेपाली । त्यो हाम्रो राष्ट्रिय आकाङ्क्षा हो । त्यो आकाङ्क्षा परिपुर्ति गर्नका लागि, त्यसलाई प्राप्त गर्न, त्यसलाई गन्तव्य बनाएर हामी हिँडिरहेका छौं र त्यसको प्राप्तिका लागि सुशासन र विकास, तीव्रता, सुदृढता र तीव्रताका साथ अगाडि बढाउन जरुरी छ । त्यसमा आइटीको भरपूर मद्दत लिन जरुरी छ । यो अत्यन्तै उपयोगी छ । 

    तसर्थ, हामी यसको सदुपयोग गर्दै देशका लागि, जनताका लागि, समाजका लागि र मानव जातिका लागि यसको सदुपयोग गर्ने, सुशासन र विकासका लागि सदुपयोग गर्ने काम गर्दै अगाडि बढ्ने यस दिशामा हामी लागि राखेका छौँ । 

    यस सन्दर्भमा तपाईंहरुले आयोजना गर्नुभएको विश्व आइटी सम्मेलन २०२५, ले अवश्य नै ठूलो योगदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु । यही विश्वासका साथ म तपाईंहरूलाई धेरै धेरै शुभकामना भन्न चाहन्छु । तपाईंहरू यस दिशामा अझ तीव्रताका साथ अगाडि बढ्न सक्नु होस्, अझ ठूलो योगदान गर्न सक्नु होस् र यसका निम्ति हामीले कानुुन बनाएका छौं । भर्खरै हामीले एआइ पोलिसी तय गरेका छौं । यी सबै कुराहरूको उपयोग गर्नुस् । हामीले भर्खरै कानुनी हिसाबले नै यहाँको आइटी उत्पादनलाई निर्यात गर्न सहजै सक्ने कुरा, यही बसेर लाभ गर्न सक्ने कुरा र बाहिर त्यसका निम्ति कम्पनी खोल्न सक्ने कुरा, विदेशमा कम्पनी खोल्न सक्ने कुरा आदि कुराहरूमा पनि कानुन निर्माण गरेरै अगाडि बढाएका छौँ । तसर्थ म यहाँहरु सबैमा यस कामलाई सदुपयोग गर्ने दिशामा सोचेर अगाडि बढ्न आग्रह गर्न चाहन्छु । 

    (सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली द्धारा  १ भदौ, २०८२ मा राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित विश्व आइटी सम्मेलनमा व्यक्त गरिएको मन्तव्यका आधारमा प्रधानमन्त्रीको स्वकीय सचिवालयले तयार पारेको सम्पादित अंश)

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सूचना प्रविधि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।