काठमाण्डाै – तमिलनाडुकाे नीलगिरी जिल्लाकाे कुन्नुरमा आज बुधवार भारतीय सेनाकाे हेलिकप्टर दुर्घटनामा परेकाे छ ।
दुर्घटनाग्रस्त हेलिकप्टरमा भारतीय सेना प्रमुख बिपिन रावत आफ्ना कर्मचारी र परिवारका सदस्यसहित सवार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
हेलिकप्टरमा सेनाका केही उच्च अधिकारी पनि रहेका थिए ।
हेलिकप्टरमा सवार सबै एक कार्यक्रममा सहभागी हुन गइरहेका थिए । दुर्घटनाग्रस्ता विमानबाट तीन जनालाई बचाइएकाे र तीमध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे जनाइएकाे छ ।
तर मृत्यु भएका र अस्पताल लगिएका घाइतेको पहिचान भने खुलाइएको छैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology