Logo

२०८३, श्रावण २७गते


images
images

आँखा शिविर

तीजमा दरखाने रकमले आँखा शिविर

तीजमा दरखाने रकमले आँखा शिविर

images
  • तीजमा दरखाने रकमले आँखा शिविर
    images
    images

    देवदह । साना किसान कृषि सहकारी संस्था लि. केरवानीले एक दिने आँखा परिक्षण शिविर गरेको छ । हरितालिका तीजको अवसरमा संस्थाको महिला परिचालन उपसमितिले आयोजना गरेको कार्यक्रममा दुई सय १७ जना सदस्यहरुले आँखा परिक्षण गराएका छन् । 

    images
    images
    images

    बुटवल लायन्स अस्पतालको प्राविधिक सहयोगमा भएको परिक्षणका क्रममा २२ जनालाई मोतिया विन्दुको समस्या देखिएको संस्थाले जनाएको छ । समस्या देखिएका बिरामीलाई थप उपचारको लागि बुटवल लायन्स आँखा अस्पताल रेफर गरिएको संस्थका अध्यक्ष दिपक पौडेलले जानकरी दिए ।

    images
    images
    images

    कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य निर्मला देवी चौधरीले सहकारीले सामाजिक गतिविधिलाई बढावा दिनुपर्नेमा जोड दिइन् । सहकारीले किसानका मुद्धामा गम्भिर भएर पैरवी गर्नुपर्ने औंल्याउँदै उनले आवश्यकताका आधारमा रचनात्मक गतिविधि अघि बढाउनुपर्नेमा जोड दिइन् । 

    images
    images
    images

    सोही अवसरमा देवदह नगरपालिका वडा नं १ का अध्यक्ष दिपक प्रसाद नेपाल, वडा सदस्य ण प्रसाद न्यौपाने, मेघनाथ न्यौपाने, लेखा संयोजक विष्णुप्रसाद अर्याल, पूर्व अध्यक्ष शिवहरी अहिर डा. अखिलेश यादव, डा. जगदिस सहानी लगाएतले धारणा राखेका थिए ।

    सहकारीको महिला परिचालन उपसमिति संयोजक लक्ष्मी शर्माको अध्यक्षता, प्रवन्धक सीता अधिकारीको स्वागत र सञ्चालक समिति सदस्य लक्षु न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको हो ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आखाँ शिविर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।