Logo

२०८३, श्रावण ३०गते


images
images

इजरायल युद्ध

सबै बन्धकको रिहाई नभए युद्धविरामप्रति अनिच्छुक देखियो इजरायल

सबै बन्धकको रिहाई नभए युद्धविरामप्रति अनिच्छुक देखियो इजरायल

images
  • सबै बन्धकको रिहाई नभए युद्धविरामप्रति अनिच्छुक देखियो इजरायल
    images
    images

    काठमाडौँ । इजरायलले हमासले बन्दी बनाएका सबै बन्धकको रिहाईको माग गरेपछि युद्ध विरामको प्रस्ताव अलपत्र परेको छ । यसअघि हमासले कतार र इजिप्टले प्रस्तुत गरेको युद्ध विरामको प्रस्तावलाई स्वीकार गरेको थियो ।

    images
    images
    images

    तर इजरायलले गाजामा राखिएका सबै ५० बन्धकहरूको रिहाइको माग गरिरहेको छ, जसले गर्दा हमासले सोमबार सहमति जनाएको नयाँ ६० दिने युद्धविराम प्रस्ताव स्वीकार गर्ने कि नगर्ने भन्ने शंका उत्पन्न भएको बताइएको छ ।

    images
    images
    images

    कतार र इजिप्टले प्रस्तुत गरेको प्रस्तावमा लगभग आधा बन्धकहरूको रिहाइ हुने र कतारका अनुसार यो प्रस्ताव इजरायलले पहिले स्वीकार गरेको अमेरिकी प्रस्तावसँग समान रहेको बताएको छ । इजरायलले यसलाई स्पष्ट रूपमा अस्वीकार गरेको छैन तर इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरले इजरायलले आंशिक सम्झौतामा रुचि नराख्ने बताएका छन् ।

    images
    images
    images

    उनले अब चीजहरू परिवर्तन भएको बताउदै प्रधानमन् बेन्जामिन नेतान्याहूले गाजाको भविष्यको लागि योजना बनाएको बताएका छन् ।

    हमासले युद्ध विरामको सम्झौता भएमा १० जीवित र १८ मृत बन्धकहरूलाई पहिले हस्तान्तरण गरिनेछ, त्यसपछि दुवै पक्षले स्थायी युद्धविराम र अन्य बन्धकहरूको फिर्ताको लागि वार्ता गर्ने उल्लेख छ । इजरायलले २२ महिनाको युद्ध पछि ५० बन्धकहरू मध्ये २० मात्र जीवित रहेको विश्वास गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इजरायल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।