Logo

२०८३, श्रावण ३०गते


images
images

कांग्रेस महाधिवेशनको मतदानस्थलभित्र मोबाइल लिएर जान नपाइने

कांग्रेस महाधिवेशनको मतदानस्थलभित्र मोबाइल लिएर जान नपाइने

images
  • कांग्रेस महाधिवेशनको मतदानस्थलभित्र मोबाइल लिएर जान नपाइने
    images
    images

    काठमाडौं । आगामी मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुने नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुका लागि केन्द्रीय निर्वाचन समितिले आचार संहिता जारी गरेको छ ।

    images
    images
    images

    नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा उम्मेदवार रहेका केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि, पार्टीका शुभेच्छुक समर्थकहरुले आचारसंहिता पालना गर्नुपर्ने छ ।

    images
    images
    images

    आफ्नो उम्मेदवारीको प्रचारप्रसार गर्नु पर्दा भिजिटिङ्ग कार्ड र सामान्य अपिल वितरण गर्न सकिने आचार संहितामा उल्लेख गरिएको छ ।

    images
    images
    images

    कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्ने गरी प्रचार प्रसार गर्न पाइने छैन भने मर्यादित, अनुशासित र संयमित भई शान्तिपूर्ण तरिकाले निर्वाचन प्रचारप्रसार गर्न आग्रह गरिएको छ ।

    महाधिवेशनस्थलको ५०० मिटर क्षेत्रभित्र निर्वाचनसंग सम्वन्धित कुनै पनि प्रकारको प्रचार सामग्री राख्न तथा एवं माइकिङ गर्न समेत निषेध गरिएको छ । राखिएको देखिएमा केन्द्रीय निर्वाचन समितिले हटाउने व्यहोरा आचार संहितामा उल्लेख छ ।

    मतदानस्थलभित्र (भृकुटी मण्डप-राष्ट्रिय सभा गृह) प्रवेश गर्दा मोवाईल फोन लिएर जान नपाइने कांग्रेस केन्द्रीय निर्वाचन समितिको आचार संहितामा उल्लेख छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।