Logo

२०८३, श्रावण ३०गते


images
images

बुटवलमा अन्तरपालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु

बुटवलमा अन्तरपालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु

images
  • बुटवलमा अन्तरपालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु
    images
    images

    रुपन्देही । बुटवल उपमहानगरपालिकाले आयोजना गरेको उपमेयर कप अन्तरपालिकास्तरीय राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७८ मा बेनी, तिलोत्तमा, बुटवल र बिरेन्द्रनगरले विजयी शुरुवात गरेका छन् ।लिग कम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा  १० टिमले भाग लिएको उनले बताए । प्रतियोगिता ३ दिनसम्म चल्ने छ ।

    images
    images
    images

    प्रतियोगितामा बेनी नगरपालिका, म्याग्दीले भिमदत्त नगरपालिका कंन्चनपुरमाथि २–० को सोझो सेटमा पराजित गरेको हो । यसैगरी दोस्रो खेलमा तिलोत्तमा नगरपालिकाले कोहलपुर नगरपालिकालाई २५–३, २५–७ अंकको सेटमा पराजित गर्दै स्पष्ट जित निकालेको छ ।

    images
    images
    images

    अर्को खेलमा आयोजक बुटवल उपमहानगरले गोदाबरी नगरपालिकालाई २५–१८, २५–४ को सोझो सेटमा पराजित गरेको छ । यसैगरी विरेन्द्रनगर नगरपालिका, सुर्खेतले टिकापुर नगरपालिकामाथि २–१ को जित निकालेको छ । पहिलो सेटमा टिकापुरले २५–२३ को अग्रता लिएको थियो । दोस्रो र तेस्रो सेटमा खेलमा फर्कदै बिरेन्द्रनगर १३–२५, ११–१५ को अंकले जित निकाल्न सफल भयो ।

    images
    images
    images

    खेलको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले उद्घाटन गर्दै खेलको विकाससंगै युवा वर्गको विकास हुने बताइन् । नगर खेलकुद परिषदको स्थापना गरि बुटवलमा पूर्वाधार विकाससंगै विभिन्न खेलका प्रतियोगिता संचालनमा जोड दिएको उनले बताइन् ।

    प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरी उपविजेता टिमले नगद ७५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र, तृतिय टिमले नगद ३५ हजार रुपैया तथा चौथौ टिमलाई १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक अर्जुन घिमिरेले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल
  • # महिला भलिबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।