Logo

२०८३, श्रावण ३०गते


images
images

‘फेरि नारा कपी गरेछन्, ‘आफ्नो गाउँ आफैं बनाऊँ’ को पनि गरेका थिए : ओली

‘फेरि नारा कपी गरेछन्, ‘आफ्नो गाउँ आफैं बनाऊँ’ को पनि गरेका थिए : ओली

images
  • ‘फेरि नारा कपी गरेछन्, ‘आफ्नो गाउँ आफैं बनाऊँ’ को पनि गरेका थिए : ओली
    images
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले देश र जनताको उन्नतिका लागि ल्याउने राष्ट्रिय नारा र गन्तव्यलाई अन्य दलले शब्द यताउति गरेर कपी गर्ने गरेको बताएका छन् ।

    images
    images
    images

    एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाइ दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने "हामीले समृद्ध नेपाल,सुखी नेपाली भन्यौं । अलि अलि शब्द यताउता पारेर सम्मानित नेपाली पो हुनुपर्छ भनेर केही अर्काथरीले पनि कपी गरेछन् । हिजो हामीले आफ्नो गाउँ आफैं बनाउँ भन्ने लहर चलायौं । त्यसपछि अनेक कालमा नाम परितर्वन गर्दै कपी गर्न खोजियो । गाउँ गाउँमा सहकारी घर घरमा भकारी यस्तै यस्तै । तर एमालेले लिने नारा भनेको राष्ट्रिय गन्तव्य हो ।

    images
    images
    images

    एमालेको सम्बृद्ध नेपाल सुखी नेपालीको नारा अपूर्ण रहेको भन्दै कांग्रेस महामन्त्रीका उम्मेदवार गगन थापाले विहिवार आफ्नो अवधारणा सार्वजनिक गर्ने क्रममा समुन्नत नेपाल,सम्मानित नेपाली हुनुपर्ने बताएका थिए ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।