Logo

२०८३, कार्तिक ३०गते


images
images

निर्माणको अन्तिम चरणमा फूलबारी-मणिपाल काँहु धरहरा सिँढी मार्ग

निर्माणको अन्तिम चरणमा फूलबारी-मणिपाल काँहु धरहरा सिँढी मार्ग

images
  • निर्माणको अन्तिम चरणमा फूलबारी-मणिपाल काँहु धरहरा सिँढी मार्ग
    images

    पोखरा । फूलबारी-मणिपाल काँहु धरहरा सिँढी मार्ग (पोखरा ग्रेट ट्रेल) निर्माणको अन्तिम चरणमा रहेको छ । आगामी फेब्रुअरीमा उद्घाटन गर्ने गरी निर्माण कार्य अघि बढिरहेको उक्त ट्रेलमा करिब ४ हजार ५ सय सिँढीहरू रहनेछन् ।

    images
    images
    images

    नगर प्रमुख धनराज आचार्यका अनुसार चालु आवमा ग्रेट ट्रेल निर्माण गर्नका लागि पोखरा महानगरपालिकाले ८० लाख रुपैयाँ विनियोजन गरेको छ । पोखराको मुख्य बजार क्षेत्रबाट नजिकको ट्रेलको रूपमा रहेको उक्त ट्रेल पर्यटकीय दृष्टिकोणले समेत निकै महत्त्वपूर्ण र आकर्षक मानिएको छ ।

    images
    images
    images

    पोखराको मणिपाल कालिखोलादेखी काँहुको धुरीसम्म सिँढीहरू बनाई निर्माण गर्न लागिएको ट्रेलको अधिकांश कार्य सम्पन्न भइसकेको छ । पर्यटकीय राजधानी पोखरामा बिहान र साँझको समयमा हिँड्न रमाउनेहरूका लागि यो एक उपयुक्त थलोका रूपमा विकास हुने विश्वास व्यक्त गरिएको छ ।

    images
    images

    सो ट्रेलको दायाँबायाँ करिब ४०० फलफूलका बिरुवा समेत लगाइएको छ । २ लाख २६ हजार बिरुवा लगाउने पोखरा महानगरपालिकाको मेगा अभियान अन्तरगत आइतबार सो क्षेत्रमा आरु, आरुबखडा, एभोगाडो, आँप, अम्बा, लिची, कोइरालो, काइँयो, असारे, पलाश लगायतका बिरुवाहरू लगाइएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा ग्रेट ट्रेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।