Logo

२०८३, श्रावण ३०गते


images
images

विचार

तीज : मौलिकता, परम्परा र परिवर्तनको यात्रा

तीज : मौलिकता, परम्परा र परिवर्तनको यात्रा

images
  • तीज : मौलिकता, परम्परा र परिवर्तनको यात्रा
    images
    images

    नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक भएको देश हो । यहाँका प्रत्येक चाडपर्वमा धार्मिक आस्था मात्र नभई सामाजिक र सांस्कृतिक चेतना पनि मिसिएको हुन्छ । नेपाली हिन्दु महिलाहरूको प्रमुख पर्वको रूपमा तीज विशेष स्थानमा रहेको छ । हरितालिका तीजलाई महिला मात्रको चाड भनेर बुझिन्छ तर यसको प्रभाव र सन्देश सम्पूर्ण समाजसँग जोडिएको छ ।

    images
    images
    images

    तीजले महिलालाई आफ्नो दुःख सुख पोख्ने, पीडा व्यक्त गर्ने, सामाजिक असमानता विरुद्ध आवाज उठाउने र पारिवारिक सम्बन्धलाई मजबुत बनाउने अवसर दिएको छ । यसैले तीजको इतिहास, परम्परा र आधुनिक स्वरूपलाई समेट्दा हामीले केवल एउटा पर्वको कुरा गर्दैनौं, एउटा समाजको कथा बोल्छौं ।

    images
    images
    images

    पहिले पहिले सञ्चारका सुविधा थिएनन् । टेलिफोन, मोबाइल, इन्टरनेटजस्ता माध्यम नभएकाले छोरीबेटी विवाहपश्चात् टाढा गइसकेपछि महिनौँसम्म पनि माइतीसँग सम्पर्क हुँदैनथ्यो । यहाँसम्म कि सन्चो बिसन्चो समेत जानकारी हुँदैनथ्यो । त्यतिबेला तीज आउनु भनेको छोरीलाई भेट्ने विशेष अवसर थियो ।

    images
    images
    images

    तीजको इतिहास, परम्परा र आधुनिक स्वरूपलाई समेट्दा हामीले केवल एउटा पर्वको कुरा गर्दैनौं, एउटा समाजको कथा बोल्छौं ।

    दाजुभाइ वा बुबाहरू तीज नजिकिँदा छोरी चेलीको घरमा लिन जान्थे । छोरीलाई लिन जाँदा घरकाले पठाएमा माइतीहरु खुशीसाथ आउँथे, यदि नपठाउँदा दुःखका आँसु पोख्दै रित्तै फर्किन्थे । यसरी तीज केवल पर्व मात्र नभई "माइतीसँग पुनः भेट्ने सेतु" थियो ।

    आजभोलि जस्तो एक महिना अघिदेखि दर खाने चलन थिएन । तीजको अघिल्लो रात मात्र मीठो परिकार पकाइन्थ्यो । राति अबेरसम्म घिउमा पकाइएका खाना, मिठो भात, खिर (ढकने), तरकारी, शाकाहारी खाना खाइन्थ्यो । यसलाई "दर" भनिन्थ्यो । अर्को दिन व्रत बस्नुपर्ने भएकाले शक्ति दिने खाना भनेर यो खानालाई दर भनिएको हो ।

    तीजलाई भनेर राम्रो घाँस भएको ठाउँ घाँस काट्न छुट्याएर राखिएको हुन्थ्यो । तीजको अघिल्लो दिन घाँस काटेर तीजलाई पुर्याउनु पर्थ्यो । काटेको घाँस गाईवस्तुलाई दिएर तीज गीत हेर्न जाने प्रचलन थियो । चराउनु पर्ने गाईवस्तुलाई तीजको दिन बिहानै चराएर, खेतबारीको काम सकेर सबै जना दिदीबहिनीहरू भेला हुन्थे । उनीहरूले उपवास गर्थे, देवीदेवताको पूजा गर्थे, अनि गीत–संगीतसहित नाचगानमा रमाउँथे ।

    गीतहरूमा धार्मिक भक्ति मात्र नभई सामाजिक यथार्थ पनि हुन्थ्यो । "कहाँ जान्छौ जुरेली चरि वरिलै भगवानलाई भेट्न" जस्ता गीत भक्ति भावनाले भरिएका हुन्थे भने "भदौ महिनाको अष्टमीको दिन वरिलै कृष्ण जन्मेको हो कि हैन ?" भन्ने गीतले परम्परा स्मरण गराउँथ्यो । त्यस्तै, घरगृहस्थीमा भोगेका दुःख–सुख पोख्ने "अहिले त भेट भयौ,अर्को साल बाचे भेट हौला मरे त यत्तिकै" जस्ता गीतहरूले कहिलेकाहीँ रुवाउँथ्यो । यस्ता गीतहरुले महिलाको जीवनयथार्थ उजागर गर्थे ।

    २०५२ सालमा  जनयुद्ध सुरु भएपछि करिब २०५८/५९ सालतिर तीजमा गीतहरूले महिलामाथि भएको अन्याय, समाजका असमानता, राजनीतिक दमन, वर्गीय शोषण आदि विरुद्ध आवाज उठाए । योसंगै तीज केवल पर्व नभई "विद्रोहको स्वर" बन्दै गयो ।

    गाउँमा तन्देरीहरूले काठबाट रोटे पिङ (चर्खे पिङ) बनाउँथे । बाबियो खर काटेर त्यसलाई ठूलो मोटो डोरी (लुठो) बाट लिङ्गे पिङ हालिन्थ्यो । यो पिङ वर, पिपल वा स्वामीको रुखका हाँगामा झुण्ड्याइन्थ्यो । यदि रुख नभएका ठाउँ भएमा बाँस गाडी पिङ बनाइन्थ्यो । तीजको दिन रोटे (चर्खे) पिङको पूजा गरेर पिङ खेल्न सुरु गरिन्थ्यो । महिलाहरू रमाइलो गर्दै पिङ खेल्थे भने पुरुषहरूले पिङ मच्चाइदिने गर्थे ।

    तीजमा नयाँ कपडा किन्ने चलन थियो । केटाकेटीहरू नयाँ कपडा पाएर खुशी हुन्थे । अर्को नयाँ कपडा पाउन फेरि अर्को तीज कुर्नु पर्थ्यो । अहिले जस्तो रेडिमेड कपडा पाइँदैनथ्यो । कपडा किनेर सुचिकार कहाँ लगेर सिलाउन जानु पर्थ्यो । एक जना सुचिकाले धेरै जनाको कपडा सिलाउनु पर्थ्यो, त्यो पनि घरघरमै गएर । कहिलेकाहीँ सुचिकार  आउँछु भनेर नआउँदा पिर पर्थ्यो ।

    अलि धनी मानिसहरूले तीजमा गहना पनि बनाउने गर्थे । अहिले जस्तो सुन पसल थिएनन् । गहना बनाउन सुनको काम गर्ने कालीगढलाई घरमै बोलाइन्थ्यो । त्यो बेलाका गहनाहरूमा माडवारी, फुली, मुन्द्री, बुलाकी, ढुङ्ग्री, श्रीफुल, चन्द्रमा, नौगेडी, तिलहरी, टिकिया आदि हुन्थे । यसरी नयाँ कपडा र गहना लगाएर दिनभर रमाइलो गरेर साँझतिर सबै जना खान खान घर जान्थे । खाना खाइसकेपछि भएकाले लालटिन, लाइट बालेर तथा नभएकाले आगाको अगुल्टो अथवा खर, बाँस, दियालोको सानो मुठा बनाएर बालेर जम्मा हुने ठाउँसम्म पुग्थे ।

    अहिले जस्तो बिजुली थिएन । उज्यालोका लागि लालटिन, माइन्टोल बालिन्थ्यो । केटाहरूले  रिल राखेर चलाउने फलास हान्ने क्यामेराले फोटो खिच्थे । जब रात बढ्दै जान्थ्यो, कतिपय युवाहरु गाउँका बारीमा काक्रा चोर्न जान्थे । अलिक उमेर पुगेका युवायुवतीहरू "रोधी" बस्थे। गाउँका खाली घर, गोठ अथवा ओडारमा गएर दोहोरी गीत गाइन्थ्यो ।  रोधी बस्दा उनीहरु मिठाइ, नरिवल, मिस्री आदि खान्थे । यसरी तीज केवल महिलाको चाड मात्र नभई सम्पूर्ण गाउँको सामूहिक उत्सव हुन्थ्यो ।।

    पञ्चमीको अघिल्लो रात वा चौथीको रातको जुनलाई हेर्न नहुने चलन थियो । यदि त्यस रात जुन देखिएमा चोर दोस लाग्छ भन्ने मान्यता थियो । तीजको अन्तिम दिन पञ्चमीमा महिलाहरूले ३६५ वटा दतिवन चपाउने, रातो माटो, कमेरो माटोले नुहाउने, सप्तऋषिको पूजा गर्ने गर्थे । बिहानै पुरुषहरुले उनीहरुलाई पुजाको लागि आवश्यक पर्ने सर्जाम तयारीसंगै फूल टिपिदिन्थे । घरमा भएका फलफूल – केरा, काक्रा – प्रसादको रूपमा प्रयोग हुन्थ्यो । पञ्पमी पूजा सकिएसंगै कन्याहरूलाई टीका लगाएर पैसा दिने चलन थियो । टिका लगाएर दक्षिणा थाप्नकै लागि बालबालिकाहरु पूजागर्नेका अघिपछि झुम्मीन्थे ।

    २०६२/६३ को आन्दोलनपछि २०६४ सालतिर तीजमा आधुनिकता र बजारवादको प्रभाव प्रबल हुँदै गयो । एक महिनाअगाडि नै "दर खाने" नाममा भव्य भोज हुन थाले । दरको नाममा मासु र पेय पदार्थले स्थान लिन थाल्यो । रेडियो, टेलिभिजन र मिडियामा भड्किला गीत बज्न थाले । परिवारसँगै बसेर सुन्नसम्म नसकिने गीतहरू बज्न थाले । यसरी तीजमा मौलिक गीतभन्दा बढी उत्ताउला शब्द र लयहरू ले प्रवेश पाए ।

    पञ्चमीको दिन हलोले जोतेको खेतमा उत्पादन भएको अन्न नखाई, कोदालो वा हलो नलागेको ठाउँबाट उत्पादन भएको अन्न मात्र खाने परम्परा थियो । पञ्चमीको अर्को दिन दिदीबहिनीलाई माइतीबाट बिदा गर्ने बेला माइतीघरको माहोल अत्यन्त भावुक हुन्थ्यो । "तीज आयो भनेर दिदीबहिनी बटुल्ने, पञ्चमीको अर्को दिन रुँदै पठाउने" जस्ता मौलिक गीतहरूले तीजलाई आँसु र वेदनासँगै बिदा दिने गर्थे ।

    २०४६ सालको राजनीतिक परिवर्तनले समाजका हरेक क्षेत्रलाई छोयो । तीज पनि यसबाट अछुतो रहन सकेन । २०४७ सालदेखि करिब २०५४/५५ सालसम्म तीजका गीतहरूमा राजनीतिक सन्देश आउन थाले । महिलाले आफ्ना पीडा मात्र नभई राजनीतिक चेतना पनि गीतमार्फत पोख्न थाले । कतिपय ठाउँमा दुई धारबीच विवाद झडपसमेत हुने गर्थे ।

    त्यसपछि विभिन्न क्लब, संघसंस्थाले तीजगीत प्रतियोगिता सुरु गरे । यसले तीजलाई सामूहिक उत्सव मात्र नभई प्रतिस्पर्धात्मक सांगीतिक मंचको रूपमा पनि स्थापित गर्यो ।

    २०५२ सालमा जनयुद्ध सुरु भएपछि करिब २०५८/५९ सालतिर जनवादी विचारका गीत तीजमा आउन थाले । यी गीतहरूले महिलामाथि भएको अन्याय, समाजका असमानता, राजनीतिक दमन, वर्गीय शोषण आदि विरुद्ध आवाज उठाए । तीज केवल पर्व नभई "विद्रोहको स्वर" बन्दै गयो ।

    २०६२/६३ को आन्दोलनपछि २०६४ सालतिर तीजमा आधुनिकता र बजारवादको प्रभाव प्रबल हुँदै गयो । एक महिनाअगाडि नै "दर खाने" नाममा भव्य भोज हुन थाले । दरको नाममा मासु र पेय पदार्थले स्थान लिन थाल्यो । रेडियो, टेलिभिजन र मिडियामा भड्किला गीत बज्न थाले । परिवारसँगै बसेर सुन्नसम्म नसकिने गीतहरू बज्न थाले । यसरी मौलिक गीतभन्दा बढी उत्ताउला शब्द र लयहरू आए ।

    आज तीज मौलिकताभन्दा बढी "फेशन र देखासिकी" मा केन्द्रित हुँदै गएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।