Logo

२०८३, आश्विन १७गते


images
images

इजरायल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

इजरायल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

images
  • इजरायल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
    images
    images

    काठमाडौं । वैदेशिक रोजगारीको लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङ्जा पुतलीबजार नगरपालिका-१ बस्ने २८ वर्षीय सुसन ताम्राकार र काठमाडौं महानगरपालिका-१५ बस्ने ५० वर्षीय योगेन्द्र घले रहेका छन् ।

    images
    images
    images

    पक्राउ मध्ये सुसनले इजरायल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ र योगेन्द्रले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठामाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुसनलाई काठमाडौं महानगरपालिका-९ बाट र योगेन्द्रलाई काठमाडौं महानगरपालिका-१० बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वैदेशिक रोजगारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।