Logo

२०८३, आश्विन १७गते


images
images

समाचार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

images
  • वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
    images
    images

    काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेमा ललितपुरका ३२ वर्षीय वीरेन्द्र तामाङ, काठमाडौंका ३८ वर्षीय कमलप्रसाद गौतम, काठमाडौंकै ३३ वर्षीय गणेशबहादुर बुढा र गोकर्णेश्वरका ४४ वर्षीय बद्रीकुमार तामाङ रहेका छन् ।

    images
    images
    images

    प्रहरीका अनुसार वीरेन्द्रले बेलायत पठाइदिन्छु भन्दै एक जनाबाट ९ लाख रुपैयाँ, कमलले रोमानिया पठाइदिन्छु भन्दै एक जनाबाट १ लाख रुपैयाँ र गणेशले अस्ट्रेलिया तथा क्यानडा पठाइदिन्छु भन्दै दुई जनाबाट ३ लाख रुपैयाँ लिएका थिए । त्यस्तै, बद्रीले पोल्यान्ड पठाइदिन्छु भन्दै पाँच जनाबाट २१ लाख ८९ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरी परेको थियो ।

    images
    images
    images

    पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले वीरेन्द्र, कमल र गणेशलाई मंगलबार तथा बद्रीलाई पक्राउ गरेको हो। पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।