Logo

२०८३, आश्विन १०गते


images
images

गुल्मीमा अक्सिजन उत्पादन सुरु, दैनिक ४० अक्सिजन उत्पादन

गुल्मीमा अक्सिजन उत्पादन सुरु, दैनिक ४० अक्सिजन उत्पादन

images
  • गुल्मीमा अक्सिजन उत्पादन सुरु, दैनिक ४० अक्सिजन उत्पादन
    images
    images

    गुल्मी,  गुल्मी जिल्लामा अक्सिजन उत्पादन सुरु भएको छ । गुल्मी अस्पतालमा निर्माण भएको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन हुन थालेको हो ।

    images
    images
    images

    जिल्लामै अक्सिजन उत्पादन गर्ने उदेश्यले ल्याइएका सामाग्रीमा लामो समयदेखि सञ्चालनमा नल्याउदा खिया लाग्न थालेका थिए । तर अहिले भने दैनिक ४० वटा अक्सिजन सिलिन्डर प्लान्टबाट उत्पादन हुन थालेको छ । जिल्ला सदरमुकाम तम्घासमा रहेको अस्पतालमा करिब डेढ करोडको लागतमा प्रतिदिन एक सय सिलिन्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट सञ्चलनमा आएको छ ।

    images
    images
    images

    कोरोना महामारीमा संक्रमितको उपचारमा अक्सिजनको अभाव जिल्लामा नहोस भनेर जिल्लाबाटै अक्सिजन उत्पादन गर्ने उदेश्यले प्लान्ट निर्माण कार्य अगाडी बढाइएको थियो। अक्सिजन प्लान्ट सञ्चालन गर्न गत असारमै सामाग्रीहरु गुल्मी अस्पतालमा आएका थिए । तर अक्सिजन प्लान्ट राख्ने भवनको समयमै काम नसक्दा अक्सिजन प्लान्ट संचालनमा ढिलाई भएको थियो । जसले गर्दा सामाग्री खिया लाग्न थालेक थिए ।

    images
    images
    images

    प्राबिधिक आएर प्लान्ट निर्माण कार्य पुरा भएकाले अक्सिजन उत्पादन हुन थालेको गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.उत्तम पच्चाले बताए । उनले अब आबश्यक अनुसार अक्सिजन उत्पादन कार्य अगाडी बढाइने बताए । गुल्मी अस्पतामा महामारी अबस्थामा दैनिक ठूलो अक्सिजनको सिलिन्डर १५ वटा भन्दा बढि खपत भएको डा. पच्याले बताए । अहिले गुल्मी अस्पतालमा दैनिक ५ वटा अक्सिजन सिलिन्डर खपत हुने गरेको छ । जिल्ला अस्पतालबाट उत्पादन गरिएको अक्सिजन अन्य सर्बसाधारणलाई पनि भर्ने व्यवस्था बारे आबश्यक छलफल पछि मात्रै निर्णय गरिने डा. पच्याको भनाई छ ।

    जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्नेहरुले पनि लामो समय सम्म संचालनमा आउन नसक्दाँ प्रश्न उठाएका थिए । तर ढिलो भएपनि जिल्लामै अक्सिजन उत्पदान हुनु खुसीको कुरा रहेको प्लान्ट निर्माणमा सहयोगी गुल्मी उद्योग बाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले बताए । उनले सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यसको निरन्तरता हुनुपर्नेमा जोड दिए ।

    अक्सिजन प्लान्ट निर्माणको लागि नेपाल सरकारबाट एक करोड र नेपाल पत्रकार महासंघको नेतृत्वमा जिल्ला स्थित सामाजिक संघ संस्था व्यक्तिहरुको सहयोगमा ६० लाख संकलन गरिएको थियो । गुल्मी अस्पतालमा राखिएको अक्सिजन प्लान्टको १ करोड ३४ लाखको लागत रहेको डा. पच्याले बताए । गत बैशाखमा कोरोनाको दोस्रो लह्रमा अकिसजनको अभावले उपचारमा निकै समस्या झेल्नु परेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।