Logo

२०८३, आश्विन ९गते


images
images

बेरुजुको चाङ

देवदह नगरपालिकाको बेरुजु रकम २२ करोड ५८ लाख : राजश्व संकलनमा ४० प्रतिशत कमी

देवदह नगरपालिकाको बेरुजु रकम २२ करोड ५८ लाख : राजश्व संकलनमा ४० प्रतिशत कमी

images
  • देवदह नगरपालिकाको बेरुजु रकम २२ करोड ५८ लाख : राजश्व संकलनमा ४० प्रतिशत कमी
    images
    images

    देवदह । देवदह नगरपालिकाले आर्थिक बर्ष २०८१÷०८२ मा १५ करोड २७ लाख ७० हजार आन्तरिक राजश्व संकलन गर्न सफल भएको छ । शुक्रवार नगरपालिकामा आयोजित बार्षिक समिक्षा कार्यक्रममा राजश्व शाखा प्रमुख विष्णु बस्यालले सो जानकारी दिएका हुन् । नगरपालिकाले २५ करोड ४६ लाख ८८ हजार रुपैंया राजश्व संकलन गर्ने लक्ष्य लिएपनि त्यो पुरा गर्न नसकिएको राजश्व शाखा प्रमुख वस्यालले जानकारी दिए । 

    images
    images
    images

    कार्यक्रममा उक्त आर्थिक बर्षमा नगरपालिकाबाट प्रवाह भएका सेवा तथा विकास निर्माण कार्यको बार्षिक समिक्षा समेत गरिएको छ । आर्थिक बर्ष २०८१÷०८२ मा देवदहले ४ सय ३९ वटा योजना सम्पन्न गरेको प्रशासन तथा योजना शाखा प्रमुख रमेश गिरीले बताए । ‘आर्थिक बर्षमा नगरपालिकाले ४ सय ४२ वटा योजना विनियोजन गरेको थियो ।’ उनले भने, ‘९९.३२ प्रतिशत सम्पन्न गर्न सफल भएको छ ।’ 

    images
    images
    images

    यसैगरी यस आर्थिक बर्षमा पूँजीगत तर्फ २९ करोड ५१ लाख ७०, चालु तर्फ ४७ करोड ३५ लाख ९८ हजार गरी ७६ करोड ८७ लाख ७९ हजार रुपैया खर्च गरेको लेखा शाखा प्रमुख निरज पौडेलले जानकारी दिए । बार्षिक समिक्षा कार्यक्रममा पौडेलले शिक्षा तर्फ २५ करोड ४० लाख ८६ हजार रुपैंया, स्वास्थ्य तर्फ ४ करोड २० लाख १४ हजार रुपैंया, कृषि तर्फ ८ करोड ९३ लाख ६२ हजार रुपैंया, पशुपक्षी तर्फ ३ करोड ९८ लाख ८१ हजार रुपैंया, भूमि व्यवस्थापन तर्फ ५३ लाख ६८ हजार रुपैंया, सामाजिक विकास तर्फ १ करोड ४३ लाख रुपैंया, पुर्वाधार तर्फ १६ करोड ९८ लाख ८६ हजार खर्च गरिएको जानकारी दिए । लेखा अधिकृत पौडेलका अनुसार देवदह नगरपालिकाको अहिलेसम्म २२ करोड ५८ लाख ८३ हजार बेरुजु रहेको छ । 

    images
    images
    images

    कार्यक्रममा कृषि शाखा प्रमुख राजेन्द्र चौधरीले कृषि उत्पादन बृद्धिको लागि कृषकहरुलाई अनुदानमा कृषि औजार प्रदान गरिएको जानकारी दिए । चौधरीले यस आर्थिक बर्षमा देवदह नगरपालिकाले ११ हजार ३ सय १८ बोरा यूरिया मल, ७ हजार ९५ बोरा डीएपी र २ सय ९२ पोटास मल विभिन्न सहकारी मार्फत कृषकहरुलाई वितरण गरिएको जानकारी दिए । 

    शिक्षा अधिकृत पर्शुराम ढकालले नगररपालिकामा रहेका ५२ वटा विद्यालयमा २१ हजार १ सय ८६ विद्यार्थी अध्यनरत रहेको जानकारी दिए । ढकालले यस बर्षको एसइइ परीक्षामा देवदहको नतिजा राम्रो रहेको जानकारी दिदै सामुदायिक विद्यालय तर्फ ८१.८२ प्रतिशत र संस्थागत तर्फ ९७.९६ प्रतिशत विद्यार्थी उत्र्तिण हुन सफल भएको कार्यक्रममा बताए । 

    स्वास्थ्य अधिकृत गिरी तरामुले नगरपालिकामा यस आर्थिक बर्ष क्षयरोगका कारण ३ जनाको मृत्यु भएको जानकारी दिए । गिरीका अनुसार देवदह क्षेत्रमा कुष्ठरोग र नर्सर्ने रोग भयावह अवस्थामा रहेको बताउँदै यसतर्फ नगरपालिकाको ध्यान जान जरुरी रहेको बताए । 

    कार्यक्रममा नगरपालिकामा रहेका शाखा प्रमुख र १२ वटै वडाका सचिवहरुले बार्षिक रुपमा गरेको कामको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    devdaha 1.jpg

    नगर प्रमुख धु्रवप्रसाद खरेलको अध्यक्षता, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत र रमेश गिरीको संचालनमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौ्ड्यालले कार्यक्रकको उद्धेश्यको वारे प्रकाश पारेका थिए । उनले टुक्रे आयोजनाका कारण कार्यान्वयनमा समस्या भएको गुनासो गरे । पौड्यालले अन्तिम चौमासिकमा काम सम्पन्न गर्न खोज्दा गुणस्तरियता कायम हुन नसक्ने बताउँदै समयमा नै योजना सम्पन्न गर्ने गरी लाग्न आग्रह गरे । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बेरुजु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।