Logo

२०८३, आश्विन ९गते


images
images

पोखरा महानगरको बेरुजु शीघ्र फछ्यौट गर्न लेखा समितिको निर्देशन

पोखरा महानगरको बेरुजु शीघ्र फछ्यौट गर्न लेखा समितिको निर्देशन

images
  • सेतोमसी सहकर्मी
  • पोखरा महानगरको बेरुजु शीघ्र फछ्यौट गर्न लेखा समितिको निर्देशन
    images
    images

    पोखरा । पोखरा महानगरपालिकाको बेरुजु अत्याधिक बढेको भन्दै शीघ्र फछ्यौटको व्यवस्था मिलाई सोको प्रगती विवरण लेखा समितिको बैठकम पेश गर्न निर्देशन दिएको छ ।महानगर लेखा समितिको नवौ बैठकले बेरुजुलाई सुशासनको नकरात्मक सूचकको रुपमा समेत लिइने हुदाँ महानगरपालिकाको बेरुजु अत्याधिक बढदै गइरहेकोले र फछ्यौटको गति सुस्त रहेकोले आगामी दिनमा शून्य सहनशीलता स्थापित हुने गरी स्पष्ट कार्यविधि एवं कार्ययोजना बनाई शीघ्र फछ्यौटको व्यवस्था मिलाई प्रगती विवरण समितिमा पेश गर्न बैठकले महानगर कार्यपालिकालाई निर्देशन दिएको छ ।

    images
    images
    images

    बैठकले संघीय सरकारले कार्यक्रम राखि आमन्त्रण नगरेको तथा कामको प्रयोजन समेत नखुलेको दुबै अवस्थामा कार्यालयले कर्मचारीलाई जिल्ला बाहिर विषशे कामकाज खटाउने गरेको पाइएको भन्दै आगामी दिनमा वस्तुनिष्ठ र मितब्ययी तरिकाले काजमा खटाउने कार्यलाई कडाइका साथ पालना गर्न समितिले निर्देशन दिएको छ ।

    images
    images
    images

    समितिले महानगरका कर्मचारीहरुलाई आवास सम्बन्धी कुनै पनि नीतिगत एवं कानुनी व्यवस्था बिना नै घरभाडाका लागि ठूलो रकम खर्च हुने गरेको भन्दै उक्त खर्च नियन्त्रण गर्न नवौं बैठकबाट निर्देशन दिइएको लेखा समिति संयोजक झपट रानाभाटले जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार कार्यालयमा माली, कुचीकार, कार्यालय सहयोगी जस्ता पदमा बाहेक अन्य पदहरुमा कर्मचारी राख्न नपाउने व्यवस्था भएपनि अन्य पदहरुमा समेत करारमा कर्मचारी भर्ना गरिरहेको अवस्था देखिएकाले आगामी दिनमा आवश्यक भएमा लोकसेवा आयोगसंग माग गर्ने कानुनी व्यवस्थालाई पालना गर्न निर्देशन दिएको छ ।

    त्यस्तै बैठकले कार्यालयमा प्राविधिक जनशक्ति उपलब्ध हुदाँहुँदै महानगरभित्र अन्य निकायका भवन निर्माणको एवं नक्सा डिजाइन उपर निगरानी, चेकजाँच गरी स्वीकृति गर्ने अवस्था भएपनि महानगरको आफ्नै भवनको डिजाइन बनाउनसमेत बाहिरबाट परामर्श सेवाका नाममा लाखाैं रकम खर्च भएको देखिएकाले रोक्न निर्देशन दिएको संयोजक रानाभाटले जानकारी दिए ।

    कार्यपालिका बैठक, तालिम आदि सञ्चालनका लागि कार्यालय हल हुँदाहुँदै विभिन्न रिसोर्टमा ठूलो रकम खर्च हुने गरेको देखिएकाले त्यसबाट नागरिकमा आफुले तिरेको राजश्व रकम दुरुपयोगको बढदो टिप्पणी एवं चिन्ता ब्यक्त हुने गरेकाले नागरिकले तिर्ने रकमको सम्मान र सदुपयोगको प्रत्याभुति गर्नेगरी कार्यपालिका बैठक कार्यालय बाहिर गर्न निरुत्साहित गर्नुपर्ने देखिएको भन्दै सचेत गराएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।