Logo

२०८३, श्रावण ३०गते


images
images

भ्रष्टाचार मुद्दा

गैरकानूनी रुपमा पाँच करोडभन्दा बढी सम्पत्ति आर्जन गरेका नापी अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

गैरकानूनी रुपमा पाँच करोडभन्दा बढी सम्पत्ति आर्जन गरेका नापी अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

images
  • गैरकानूनी रुपमा पाँच करोडभन्दा बढी सम्पत्ति आर्जन गरेका नापी अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
    images
    images

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा नापी अधिकृतविरुद्ध पाँच करोड बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    images
    images
    images

    शुक्रवार विशेष अदालत काठमाडौँमा आयोगले नापी कार्यालय भैरहरवा रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध ५ करोड ७९ लाख ६२ हजार ४४० रुपैयाँ विगो माग दाबी गर्दै आरोप-पत्र दायर गरेको हो ।

    images
    images
    images

    अधिकृत यादवले माथिल्लो विभागीय प्रमुख र राजनीतिक व्यक्तिहरूलाई प्रभावमा पारी प्रमुख नापी अधिकृत (उपसचिव) कार्यालय प्रमुख रहने दरबन्दी रिक्त बनाइ,वैदेशिक अध्ययनमा गएका कर्मचारीको पद,दरबन्दी कायम गरी दशौं वर्ष निमित्त कार्यालय प्रमुख पदमा रही सरकारी जग्गा प्लट मिलान गर्ने नाममा सार्वजनिक जग्गाहरू व्यक्तिको नामा पारी करौंडोको आर्थिक चलखेल गरेको अनुसन्धानका क्रममा पाइएको आयोगले बताएको छ ।

    images
    images
    images

    आयोगले सार्वजनिक पद धारण गरेको मिति २०५३/०३ /१३ गतेदेखि  २०९१/०३/१६ गतेसम्मको जाँच अवधिमा ९ करोड ३ लाख ९५ हजार  ४४४ रुपैयाँ आर्जन गरेको देखिएको तर सोही अवधिमा यादवले  १४ करोड ८३ लाख ५७ हजार  ८८४ रुपैयाँ बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको र सोही अवधिमा ५ करोड ७९ लाख ६२ हजार  ४४० रुपैयाँ खर्च तथा लगानीको स्रोत पुष्टि गर्न नसकेको बताएको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भ्रष्टाचार मुद्दा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।