Logo

२०८३, श्रावण ३०गते


images
images

भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्य छैनः सांसद कार्की

भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्य छैनः सांसद कार्की

images
  • भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्य छैनः सांसद कार्की
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्की भण्डारीले भ्रष्टाचारको मुद्दामा हदम्याद राखेर भ्रष्टाचारीलाई उन्मुक्ति दिने वातावरण तयार गर्न लागिएको भन्दै सो कुरा मान्य नहुने बताइन ।

    images
    images
    images

    बुधवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले भ्रष्टाचारीलाई उन्मुक्ति दिने वातावरण तयार गर्ने दुष्प्रयास भएको बताएकी हून । उनले सो कुरा आफूलाई र राष्ट्रिय स्वतन्त्र पार्टीलाई मान्य नहुने बताइन । उनले सो प्रस्तावले कर्मचारीहरुलाई सजिलै उम्कन अवसर दिन खोजिएको बताइन ।

    images
    images
    images

    उनले आफुहरुले सो प्रश्तावको कडा रुपमा बिरोध जनाउने बताइन । त्यसैगरी उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार बढाउनु नहुने बताइन । उनले क्षेत्राधिकार बढाउनु अघि आयोगको क्षमता वृद्धि गर्नुपर्ने बताइन । 

    images
    images
    images


    उनले नीतिगत निर्णयहरुको आवरणमा गरिने भ्रष्टाचारलाई अविलम्व छानविनको दायरामा ल्याउनुपर्ने बताइन । उनले मन्त्रिपरिषद्को निर्णय लाई अख्तियारको छानविनको दायराभित्र पार्नुपर्ने बताइन । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।